News

बिहेघरमा फैलँदा बेहुला र बेहुलाकी आमाको मृत्यु

झापा । बिहेघरमा कोरोना संक्रमण फैलँदा बेहुला र बेहुलाकी आमाको मृत्यु भएको छ ।

झापाको गौरादह- ४ खङटाका ३० वर्षीय बेहुलाको कोशी कोभिड अस्पतालमा गएराति १२ः४५ बजे मृत्यु भएको हो । यसअघि आमा शान्तिदेवी ताजपुरियाको बैशाख २३ गते मृत्यु भएको थियो ।

बैशाख १५ गतेतिर उनको विवाह भएको थियो । विवाह भएको केही दिनमै बेहुला, उनकी नवदुलही र आमासहित पाँच जनाको पूरै परिवारलाई संक्रमण देखिएको थियो । उपचारका क्रममा बेहुलाकी आमाको पनि गत वैशाख २३ गते मृत्यु भएको थियाे ।

बेहुला बैशाख २४ गतेदेखि उपचाररत थिए । गएराति उनको पनि मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठले जानकारी दिए । त्यस्तै नवदुलहीको पनि कोशी कोभिड अस्पतालमा उपचार भइरहेको उनले बताए ।

मानिसको भीडभाड हुनेगरी भएको बिहेबाटै संक्रमण सरेको नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले बताए ।

Related Articles

Back to top button