पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् ।
यसैविच लेक साईड टिभिको अफिसियल युटुवबाट भाईरल सचिन परियारको पहिलो गित ‘ओठ खोलेर’ गित भखर्रै मात्र बजारमा सार्वजनिक भएको छ ।
गितमा सचिन परियार, रबिना बसेल, अर्जुन कुँवर , अस्मिता अधिकारीको सुमधुर स्वर सजिएको छ , पछिल्लो समयका चर्चित गायक एवम् सर्जक गणेश अधिकारीको उत्कृष्ट शव्द सृर्जनामा एवम् संचारकर्मि एवम् सर्जक महेन्द्र संगीत एवम् संगित संयोजन मा रहेको गीतलाई लेकसाईड प्रोडक्सन नेपालले वजार व्यवस्थान गरेको छ ।
पछिल्लो समयका भाईरल कलाकारहरुको आवाजमा रहेको गितको अडियो निकै उत्कृष्ट वनेको छ भने भिडियो पनि अत्यन्तै राम्रो वनेको छ , सो गीतमा लोकप्रिय कलाकार एलिना रायमाझि , करिष्मा ढकाल , सचिन परियार, रबिना बसेल, सविन क्षेत्री र अर्जुन कुवरको अभिनय एवम् फिचर्ड गरेका छन् ।
गीतमा निर्देशक तथा कोरियोग्राफर स्मृति तिमिल्सिमा ‘गुरुआमा’को रहेको छ भने, सुरेश श्रेष्ले छांयाकन गरेको भिडियोलाई , शिव पौडेलले सम्पादन गर्नु भएको छ ।