News

लगातारको वर्षाले दैलेखमा घर भत्किँयो, एक महिलाकाे मृ’त्यु

दैलेख – दैलेखको भैरवी गाउँपालिकामा वर्षाले घर भत्किँदा एक महिलाकाे ज्या’न गएकाे छ ।

लगातार परेकाे पानीका कारण घर भत्किँदा शुक्रवार आज बिहान भैरवी गाउँपालिकाको २ बालेसैनकी ६३ वर्षीया लक्ष्मी थापाकाे ज्या’न गएकाे दैलेखका प्रहरी इन्चार्ज एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले बताउनुभयो ।

ढुङ्गा माटोले बनेको दुई तले कच्ची घरको अगाडिपट्टिको बरन्डा भत्केर खस्दा थापा घा’इते हुनुभएकाे र उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा ज्या’न गएकाे हाे ।

महाकालीले बगायो पुलको मेसिन प्लान्ट करोडौंको क्षति

कञ्चनपुरस्थित महाकाली नदीमा निर्माधिन ४ लेन पुलको काम प्रभावित भएको छ।

भीमदत्त नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष लालबहादुर शाहीका अनुसार पानीको बहाब बढ्दा निर्माण कम्पनीले पुलमा कालोपत्रे गर्न बनाइएको प्लान्ट, कालोपत्रे गर्ने मेसिनसहितका उपकरण बगाएको छ।

जसबाट करिब करोडौंको क्षति भएको र निर्माणको कार्य प्रभावित भएको जानकारी दिए। करिब ७५ प्रतिशत काम पूरा भइसकेको पुल निर्माणको कार्य कुमार श्रेष्ठ निर्माण सेवाले गरिरहेको वडा अध्यक्ष शाहीले जानकारी दिए।

बझाङमा नदीको बहाब बढेपछि पुल जोखिममा

सदरमुकाम चैनपुरको सेती नदीमा बनेको मोटर गुड्ने क्रस पुल छेउको पर्खाल भासिएको छ । पर्खाल भासिएसँगै क्रस मोटर पुल जोखिममा रहेको छ।

बुधबार रातिदेखि परेको अबिरल वर्षाका कारण सेती नदीमा पानीको बहाब बढेको र नदीले कटान शुरु गर्दा पर्खाल भासिएको हो।

नदीमा पानीको बहाब बढेसँगै खोला छेउमा रहेको ग्याबिन जाली भासिएको र त्यसको असर पर्खालमा पनि परेको स्थानीय सडक पुर्वाधार विकास कार्यक्रमका प्राविधिक हरिशंकर जोशीले बताए। ग्याबिन जाली गएपछि सो पर्खाल भासिएको उनले बताए।

झण्डै रु आठ करोड लागतमा ७० मिटर लम्बाइको पानकोट पुल निर्माणको जिम्मा इलाइट कन्ट्रक्सनले पाएको थियोे।

निर्माण कम्पनीले २०७५ चैत्रमा सम्झौता गरी २०७७ वैशाखमा निर्माण कार्य सम्पन्न गरिसक्ने सम्झौता गरेको भएतापनि विभिन्न बहाना गरी पुल २०७८ वैशाखमा निर्माण सम्पन्न गरेको थियो।

Related Articles

Back to top button