EntertainmentNews

‘सुन साइली’ गीतका गायक हेमन्त रानाले प्रेमिकासँग गरे विवाह

काठमाडौं । ‘सुन साइली’ गीतका गायक हेमन्त रानाले विवाह गरेका छन् ।

गायक रानाले अमेरिकामा आफ्नो प्रेमिका माया अधिकारीसँग क्रिश्चियन परम्परा अनुसार विवाह गरेका हुन् ।

गायक राना र माया अधिकारीले साढे वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

गायक राना र माया अधिकारीले आ–आफ्नो परिवारको सहमतिमै विवाह गरेका हुन् । गौरव पहाडी र मेनुका प्रधान फचर्ड ‘सुन साइँली’ गीत गाएपछि चर्चामा आएका गायक राना केही वर्षदेखि अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका छन् ।

गायक रानाका ‘सुन साइँली, तिमी छौं र पो, दुबो फुल्यो, लैजा रे’लगायत गीतहरु चर्चित छन् ।

Related Articles

Back to top button