News

‘दि भ्वाइस अफ नेपाल ३’ को प्रसारण बन्द

नेपालको नम्बर एक गायन रियालिटी सो ‘ओप्पो प्रिजेन्टस् दि भ्वाइस अफ नेपाल’ सिजन–३’ प्रसारण नआउने भएको छ l कोरोनाका कारण शो लाई प्रसारणमा ल्याउन नसकिएको भन्दै भ्वाइस अफ नेपालले विज्ञप्ति निकालेको हो ।

‘कसैको जीवन र स्वास्थ्य नै सबैभन्दा ठुलो’ भन्ने कुरालाई प्राथमिकता दिँदै आफूहरू छायांकन र कार्यक्रम निर्माण गर्न सक्षम नरहेको जनाएको छ ।’

टिमले आफ्नो टिम सबै जना सेल्फ आइसोलेसनमा बस्ने निर्णय गरेको भन्दै दर्शकप्रति क्षमा मागेको छ ।समय र परिस्थिति बलवान भएको खण्डमा अर्को हप्ताबाट नियमित इपिसियोड दर्शकमाझ ल्याउने छौ l यो हप्ता शो प्रसारणमा नआउने सार्वजनिक विज्ञप्तिमा उल्लेख छ l

सम्पूर्ण संगीतप्रमी दर्शकहरूमा नमस्कार
The Voice of Nepalको Knockout Roundका नयाँ Episodeहरूको प्रशारण बारेमा धेरैले सोधिराख्नु भएकोमा धन्यवाद।

विश्वले नै भोगी रहेको यो माहामारीको भिषम परिस्थितिको बावजूत पनि हाम्रो टिमले गएको हप्ता सम्म जसोतसो गरी Battle Roundका अन्तिम Episodeहरू तयार गरी प्रशारण गर्न सफल भएका थियौ।

Battle Round पार गरेर बाक़ी रहेका ३६ Talents, ९ Musicians , ४ Coaches लगायत पर्दा पछाडि रहेर कार्यक्रम निर्माणमा लागि परि रहेन लगभग हामी ३०-३२ जनाले कोभिड संक्रमणबाट बचेर काम गर्नको लागि सम्पूर्ण सावधानीहरू अपनायरनै कामहरू अगाड़ी बढ़ाई रहेका थियौ।
तर जतिनै सावधानी अपनाय पनि यो ८०-८२को ठुलो टिममा सबैलाई कोरोनावायरसको डर हुनु स्वभाविक नै हो।

तसर्थ,(Anyone’s Life and Health is the First Priority)
“कसैको पनि जिवन र स्वास्थ्य नै सबै भन्दा ठुलो हो” भन्ने कुरालाई पहिलो प्राथमिकता दिदै, हामी जो जहाँ छौ त्यही नै self isolationमा बस्ने निर्णय गर्यौ र यो हप्ता कुनै पनि छायांकन र कार्यक्रम निर्माण गर्न सक्षम हुन सकेनौ।

“ र चाहेर पनि आज शुक्रवार र भोली शनिवार Knockout Roundका कुनै पनि नयाँ Episodeहरू प्रशारण गर्न नसक्ने भएकोमा हामी सम्पूर्ण The Voice of Nepal Team क्षमाप्राथी छौ।”

The Voice प्रतिको यहाँहरू माया, लगाव, चाहना र विश्वासलाई हामी कदापि कम हुन दिने छैनौ। समय र परिस्थिति बलवान भएको खण्डमा सम्भवतः अर्को हप्ताबाट हामी नियमित Episodeहरू यहाँहरू माझ राख्ने छौ।
पुनः धन्यवाद यहाँहरू सम्पूर्णमा।

Related Articles

Back to top button