News

अक्सिजन जुटाउन नाजिरले गरे आर्थिक सहयोग

नेपालमा पछिल्लो समय नयाँ भेरियन्टसहितको कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको छ । कोरोना संक्रमित बढ्दै जाँदा अस्पतालमा बेड, आइसीयू, भेन्टिलेटर र अक्सिजनको अभाव पनि हुन थालेको छ ।

आर्थिक अवस्था कमजोर भएका कोरोनाका बिरामीले अक्सिजन नपाएर ज्यान पनि गुमाइरहेका छन्। यसैबीच विभिन्न कलाकारहरु पनि कोरोनाका बिरामीलाई निःशुल्क अक्सिजन ग्यास उपलब्ध गराउन लागि परेका छन् ।

यसैबीच अभिनेता नाजिर हुसेनले कोरोना संक्रमितका लागि अक्सिजन ग्यास उपलब्ध गराउन आर्थिक सहयोग गरेका छन् । उनले मंगलवार नेपाली बैज्ञानिक महावीर पुनको संस्था राष्ट्रिय आविस्कार केन्द्रलाई एक लाख रुपैया सहयोग गरेका हुन् ।

पैसाको समस्याले गर्दा अक्सिजन नपाएर धेरैले ज्यान गुमाउनु परेको भन्दै उनले अक्सिजन जुटाउनका लागि सहयोग गरेको बताएका छन् ।

उनले भने – ‘कोरोनाका कारण गाह्रो हुँदा म चुप लागेर बस्नु हुँदैन भनेर सहयोग गरेको हुँ । यस्तो समयमा हामी सबैले आफूले सकेको सहयोग गर्नुपर्छ ।’

Related Articles

Back to top button