बाहिर जाउं कोरोना, भित्र जाउं भुईंचालो ! अनि माग्ने बुढाले लगाए यस्तो आइडिया
काठमाडौ । हरेक घटनालाई हास्य रस प्रदान गर्नु कलाकारको बिशेषता हो । यस्तै काम माग्ने बुढा (केदार घिमिरे) ले गरेका छन । बाहिर निस्कन नदिन सरकारले लकडाउन गरेको छ । आज फेरि भुइचालो आयो । घर भित्र भुइचालो घर बाहिर कोरोना, यस्तो बेला के गर्ने ?
माग्ने बुढाले आइडिया लगाइ हाले ।उनी एक खुट्टा गेट भित्र एक खुट्टा गेट बाहिर निकालेर बसे । यो फोटो खिचेर उनले फेसबुकमा राखे । उनले फेसबुकमा लेखेका छन, ुबाहिर जाउं कोरोना ! भित्र जाउं भुईंचालो ! एउटा खुट्टा बाहिर,अर्को खुट्टा भित्र राखेर बांच्नु पर्या छ ।’
काठमाडौमा वुधवार विहानै दुई पटक भुकम्पको धक्का महशुष गरिएको छ । लमजुङलाई केन्द्रबिन्दु बनाएर वुधवार बिहान ३ घण्टा नबित्दै फेरि भूकम्प गएको हो । बिहान ५ बजेर ४२ मिनेटमा ५।८ म्याग्निच्युडको भूकम्प गएको लमजुङमै फेरि ८ बजेर २६ मिनेटमा ५।३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।
केन्द्रका अनुसार दुवै भूकम्प लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर गएका हुन्। भूकम्पको धक्का पोखरा, तनहुँ, गोरखा, चितवन, धादिङ, काठमाडौंमा समेत महसुस गरिएको छ।