International

आज ११ अन्तर्राष्ट्रिय उडान हुँदै

काठमाडौ । निषेधाज्ञापछि मंगलबार (आज) सबैभन्दा धेरै अन्तर्राष्ट्रिय उडान हुँदै छन्।

त्रिभुवन विमानस्थलका अनुसार कार्गो र यात्रुवाहक चार्टर्ड उडानसहित ११ उडान हुँदै छन्।

मंगलबार सबैभन्दा धेरै उडान हिमालय एयरलाइन्सले गर्दै छ। बिहानै चीनको कुनमिङबाट आएको हिमालय एयरलाइन्सको जहाजले साउदी अरबको दमाममा ३ उडान गर्दै छ।

त्योसँगै चीनको कुनमिङमै थप दुई उडान गर्नेछ।

त्यसैगरी नेपाल एयरलाइन्सले पनि ४ उडान गर्दै छ। दुई उडान चीनको बेइजिङमा र दुई उडान साउदी अरबको दमाममा गर्दै छ।

हिमालय र नेपाल एयरलाइन्सले काठमाडौंबाट साउदी अरबमा भारतीय नागरिक बोकेर जानलागेका हुन्।

नेपालस्थित भारतीय दूतावासको अनुरोधमा नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सलाई १० वटा चार्टर्ड उडान अनुमति दिएको छ।

जसले नेपालमा रहेका करिब २ हजार भारतीयलाई साउदी अरब लैजानेछन्। हिमालयले ३ उडान अनुमति पाएको छ भने नेपाल एयरलाइन्सले ७ वटा उडान अनुमति पाएको छ।

त्यसबाहेक आजै रसियन एयरलाइन्सले मस्को–काठमाडौं उडान गरी रसियन नागरिक काठमाडौंबाट लगेको छ।

Related Articles

Back to top button