News

रुकुमको लागि छुटेको बस दाउन्नेमा दु’र्घटना, चार जनाको मृ’त्यु

काठमाण्डाै – नवलपरासी पश्चिममा भएको बस दु’र्घटनामा चा’र जनाको ज्या’न गएको छ । काठमाण्डौबाट रुकुम पश्चिमको लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दाउन्नेको जं’गलमा खुर्सानीखोलाबाट ख’स्दा चार जनाको घट’नास्थलमै ज्या’न गएको हो ।बस खसेको थाहा पाएलगत्तै प्रहरी पुगेको र घ’टनास्थलमा चार जनाको श’व भेटिएको नवलपरासी पश्चिमका प्रहरी प्रवक्ता डीएसपी राजु लामाले जानकारी दिनुभयो ।

ज्यान जानेमध्ये रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाकी कल्पना पुनको मात्रै परिचय खुलेको उहाँले बताउनुभयो । घा’इतेहरुको विभिन्न अस्पतालमा उप’चार भइरहेको र कतिजना घा’इते भएका छन् भन्ने विवरण संकलन भइरहेको छ ।दुघ’र्टनामा घा’इते भएर पनि भागेका बस चालकलाई प्रहरीले प’क्राउ गरेर अस्पताल पुर्‍याएको छ । निषेधाज्ञामा पनि बसले कसरी मान्छे बोकेर हिँड्यो भन्ने विषयमा अ’नुसन्धा’न भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button