News

आज थप ८ हजार २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि, ६ हजार ८ सय ९१ जना निको भए

नेपालमा पछिल्लो २४ घण्टामा थप ८,२०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२० हजार २८६ पीसीआर र ६९३ एन्टीजेन परीक्षणमा ८,२०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यो संगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ६,८९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल सम्म  निको हुनेको संख्या ३ लाख ५२ हजार ४१४ पुगेको छ । मन्त्रालयका अनुसार अहिले सम्म सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ पुगेको छ । क्वारेन्टाइनमा ७५२ जना छन् ।

पछिल्लो २४ घण्टामा १९६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हाल सम्म मृत्यु हुनेको संख्या ५ हजार ४११ जना पुगेको छ ।

Related Articles

Back to top button