News
कोरोनाका संक्रमणबाट ३५ वर्षीय चिकित्सक मृत्यु
जनकपुरधाम-सिरहामा कोरोनाका कारण एक जना चिकित्सकको मृ त्यु भएको छ ।
मृत्यु हुनेमालहान नगरपालिका वडा(६ घर भएका अर्थोपेडिक विशेषज्ञ डा. मुकेश चौधरी रहेका छन् । ९ दिनदेखि होम आइसोलेसनमा बस्दै आएकाउनी सोमबार साँझ उपचारका लागि विराटनगरस्थित विराट नर्सिंङ लगेको केही बेरमै मृ त्यु भएको बताइएको छ ।
३५ वर्षीय डा. चौधरी लहानमा डाइनोष्टिक सेन्टर सञ्चालन गर्दै आएको लहान नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामसुन्दर यादवले बताए ।
उनी सोही सेन्टरमा सेवा दिने क्रममा संक्रमित भएका थिए ।