एकै परिवारमा १० संक्रमित, बाबु छोराको मृत्यु
झापाको भद्रपुर नगरपलिका ४ महेशपुर स्थित एक परिवार भित्र १० संक्रमित फेला परेको छ । संक्रमित परिवारमध्ये बाबु छोरको भने मृत्यु भैसकेको छ । परिवारका ७६ बर्षिय बाबु र ४८ बर्षिय छोराको कोरोना संक्रमण बाट मृत्यु भएको हो ।
संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका ४८ छोरालाई गत वैशाख २८ गते श्वासप्रश्वासमा समस्या भएको थियो ।
तत्कालै नगरपालिकाको एम्बुलेन्समा हालेर अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको थियो । नगरपालिकाको एम्बुलेन्समा अक्सिजन सिलिन्डरको व्यवस्था थिएन । श्वासप्रश्वासमा निकै समस्या भएका उनको बाटोमै मृत्यु भएको थियो ।
संक्रमितमध्ये बुबाको पनि मंगलबार बिहान ४ बजे होम आइसोलेसनमै मृत्यु भएको स्थानीयले जनाएको छ । ४८ बर्षिय छोराको मृत्य पश्चात तीन दिनपछि गत शुक्रबार परिवारका १३ जनाको पीसीआर परीक्षण गरिएको थियो । उनीहरुमध्ये मृतक अनुपका दुई जना छोरा र छोरीबाहेक परिवारका अन्यमा संक्रमण पुष्टि भएको थियो ।