News

आजपनि ह्वात्तै बढ्यो सुनको भाउ : तोलाको कति पुग्यो ? हेर्नुुहोस

काठमाडौं / मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार तोलामा ३ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा ६ सय रुपैयाले बढेको हो । यसअघि आइतबार सुनको मूल्य तोलामा ९ सय रुपैयाले बढेको थियो ।

सोमबार तोलाको ९२ हजार ८ रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा ६ सय रुपैयाले बढेर तोलाको ९३ हजार ४ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेर तोलाको १ हजार ३ सय ९० रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Related Articles

Back to top button