EntertainmentVideo

दोहोरी च्याम्पियनबाट आउट भएपछि सुनिता बुढा र मानसिङ् खड्का एकसाथ मिडियामा,जजहरुले अन्याय गरे(भिडियो कुराकानी)

कमल सरगम-काठमान्डौ, दोहोरी च्याम्पियनबाट पराजित भएकी गायिका सुनिता बुढा छेत्री र मानसिङ् खड्का एकसाथ मिडियामा आएका छन।सुनिता बुढा छेत्री भाबुक भएकी छिन कुराकानीको क्रममा।आफुहरुलाई निर्णायकले अन्याय गरेको समेत सुनिता र मानसिंह खड्काले कुराकानीको क्रममा बताएका छन।सबैको कमजोरी हुदा पनि हामीलाई मात्र कमजोर देखे भन्दै उनीहरुले आफुले गाउँदाको गल्तिलाइ टाउकोमा नराख्न समेत अनुरोध गरे।

दर्शकले पनि सुनिता र मानसिङ्कै पक्षमा धेरै कमेन्ट गरेका छ भने उनीहरु फेरी आउने सम्भावना कति भन्ने प्रश्न पनि कुराकानीको क्रममा उठेको छ।सुनिता भन्छिन’सम्भावना भए पनि पछि आफुले के गर्ने हाम्रै निर्णय हुन्छ भन्दै आफुलाई दोहोरी च्याम्पियनमा भाग लिन पाउनुनै खुसि लागेको समेत बताएकी छिन। सुनिताले आफ्नो बाबाको फोन आएको र चिन्ता न लेउ छोरी भन्दा निकै रुन मन लागेको समेत बताईन।

यो हप्ताको दोहोरी च्याम्पियनमा चर्चित गायिका सुनिता बुढा छेत्री र मानसिंह खड्कालाइ हराउदै र सरोज सिंखडा र सिता घिमिरेको टिम बिजयी भएर अर्को खेलको लागि प्रवेश भएका छन। यो समय चर्चा कमाइरहेको एक मात्र रियालिटी सो दोहोरी च्याम्पियनको दशौ खेल सकिएको छ। यो पटक भने दर्शको थोरै आक्रोश कमेन्टमा देखिएको छ।

सुनिता बुढा क्षेत्री त्यसोत सबैको मन मुटुमा बसेकी गायिका हुन्।उनले आवाज दिएको धेरै गीतहरु नेपाली लोक संगीत बजारमा चर्चामा छ।सुनिताले र मानसिंह खड्काले जित्ने सम्भावना धेरै देखिएपनि उनीहरुले पराजय भोग्नु पर्यो जस कारण सुनिता समेत भाबुक भईन।सुनिताको आँखामा टिलपिल आँसु देखिएको थियो भने निर्णायकहरुले पनि सुनितालाई सम्झाउदै आगामी प्रतियोगितामा राम्रो हुने सुझाब दिएका थिए।

यो पटक दर्शकले सुनिताको टिमको पक्षमा धेरै कमेन्ट गरेका छन।राम्रो आवाजलाई फ्याक्ने र प्रतिभा बिहिन कलाकारहरुलाई प्रबेस गर्ने दोहोरी च्याम्पियन हो भन्दै धेरै गालि पनि आएको छ।सुनिताको टिमले थोरै मतले मात्र हार बेहोर्न पुगेको हो। दोहोरी च्याम्पियनमा सुनिता बुढा छेत्री र मानसिंह खड्काको पक्षमा ५ सय ७२ दशमलब ५ मत प्राप्त भएको थियो भने सरोज र सिता घिमिरेको पक्षमा ५ सय ७५ दशमलब ५ मत प्राप्त भएको थियो।कार्यक्रम नेपाल टेलिभिजन मार्फत प्रशारण हुने गर्छ।

दोहोरी च्याम्पियनमा देशभरबाट प्रतिष्पर्धी आएका छन। ४ जना निर्णायक र २ कार्यक्रम प्रस्तोता रहेको एक मात्र मौलिक रियालिटी सो दोहोरी च्याम्पियनले अझ दर्शकको मन जित्दै गएको कार्यक्रम प्रस्तोता तथा लोकप्रिय गायक बद्री पंगेनीले जानकारी दिएका छन। यो पटक अथिति निर्णायकको रुपमा बरिष्ठ लोक गायक कुमार बस्नेत रहेका थिए।

यो उमेरमा पनि अझै उस्तै देखिने कुमार बस्नेतको प्रस्तुतिले आम दर्शक निकै खुसि भएका थिए भने दर्शकले फेरी फेरी भन्दै उफ्रिदै थिए।कुमार बस्नेतलाइ लोक सम्राटको उपमा समेत दिईएको छ।राजाको पाला देखि लोक गीत गाएर विश्वभर गीत संगीतलाइ पुर्याउन योगदान दिएका बस्नेत अहिले पनि आम नेपालीको मनमा बस्ने गीतहरु गाइरहेका छन।

उनि गीत संगीतमा सबैको प्रिय गायक पनि हुन्।दोहोरी च्याम्पियनको बस्नेतले खुलेर प्रशंसा गरे,नेपालमा यति ठुलो रियालिटी सो त्यो पनि दोहोरीको लागि भनेर प्रशारण गरिएको रियालिटी सो ले निकै हर्सित बनाएको र अझ दोहोरी उचाइमा पुग्ने समेत उनको भनाइ थियो। हेरौ यो हप्ताको दोहोरी च्याम्पियन:

Related Articles

Back to top button