News
आज थप ९ हजार १९८ जनामा कोरोना संक्रमण पुष्टि, ५ हजार ७६७ जना निको भए
नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार १९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२१ हजार ६५३ पीसीआर परीक्षणमा ९ हजार १९८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यो संगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ५ हजार ७६७ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल सम्म निको हुनेको संख्या ३ लाख ४५ हजार ५२३ पुगेको छ । मन्त्रालयका अनुसार अहिले सम्म सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० पुगेको छ । क्वारेन्टाइनमा ७०८ जना छन् ।
पछिल्लो २४ घण्टामा २१४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हाल सम्म मृत्यु हुनेको संख्या ५ हजार २१५ जना पुगेको छ ।