News

ह्वात्तै बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो हेर्नुहोस् ?

सोमबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार तोलामा ९ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा ३ सय रुपैयाले बढेको हो ।

आइतबार तोलाको ९२ हजार ५ रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा ३ सय रुपैयाले बढेर तोलाको ९२ हजार ८ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेर तोलाको १ हजार ३ सय ५५ रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Related Articles

Back to top button