News

‘नेपालको दु:ख देख्न सकेनौँ, फटाफट काम गरेर सिलिन्डर पठाउन सफल भयौँ’

काठमाण्डाै – ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर नेपाल आइपुगेको छ । नेपाल वायु सेवा निगमको वाइड बडी जहाजले ओमानको राजधानी मस्कट बाट अक्सिजन सिलण्डर नेपाल ल्याएको हो ।

ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले नेपालमा अक्सिजन सिलिण्डरको अभाव भएको सुनेदेखि नै आफूहरुको मन पोल्न थालेको र सबैको सहकार्यमा सिलिन्डर जुटाएर नेपाल पठाइएको बताउनुभयो ।

उज्यालोसँगको कुराकानीमा पराजुलीले भन्नुभयो, ‘देशमा स’मस्या पर्दा हामी चुप लागेर बस्ने कुरा भएन,

ओमानमा रहेको नेपाली ‘सोसल क्बल’ र दूतावासको पहलमा खाडीमा काम गर्ने नेपालीहरुले सहयोग जुटाउनु भयो र ४/५ दिनकै पहलमा हामीले सिलिन्डर नेपाल पठाउन सफल भयौँ ।’

राजदूत पराजुलीले खाडीमा पसिना बगाएर कमाएको पैसाले देशको लागि सहयोग गर्ने सबै सहयोगीलाई धन्यवाद पनि दिनु भएको छ । थप के कस्तो सहयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल थालिएको पनि उहाँले बताउनु भयाे ।

सामाजिक सञ्जालमा अक्सिजन लिन नपाएर ज्या’न गएका खबरले मन पोलेपछि उनीहरूले आफ्नो गाँस काटेर ५ सय ६० थान सिलिन्डर पठाएका छन् ।

 

Related Articles

Back to top button