HealthNews

कोरोना बिरामीको लागि भगवान बन्दै बिनोद चौधरी यी ठाउँहरुमा गर्दै छन यतिधेरै सहयोग

कोभिड–१९ को दोस्रो लहरका कारण नेपालमा उत्पन्न स्वास्थ्य संकटको समयलाई मध्यनजर गर्दै चौधरी फाउन्डेसनले वीर अस्पतालमा १८ शैयाको आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ ।

फाउन्डेसनले नेपालको स्वास्थ्य प्रणालीमा दीर्घकालीन महत्व राख्ने केही परियोजनाहरूमा काम गर्ने निर्णय पनि गरेको छ । र यी निर्णय तत्काल कार्यान्वयनमा ल्याउने अन्तिम तयारीमा रहेको पनि फाउन्डेसनले जनाएको छ ।

फाउन्डेसनले देशकै जेठो वीर अस्पतालमा १८ शैयाको अत्याधुनिक आईसीयू वार्ड स्थापना गर्ने र, वीर अस्पतालको नयाँ भवनमा अक्सिजन प्लान्ट स्थापना गर्ने बताएको हो ।

त्यसैगरी फाउन्डेसनले सुदूरपश्चिम प्रदेशको धनगढी नगरपालिका र कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेत नगरपालिकामा एक–एक वटा अक्सिजन प्लान्ट स्थापना गर्ने बताएको छ । यस सम्बन्धमा दुवै नगरपालिकासँग आवश्यक सहमति भइसकेको पनि फाउन्डेसनले जानकारी दिएको छ ।

वीर अस्पताल, धनगढी र सुर्खेतमा स्थापना गरिने अक्सिजन प्लान्टको क्षमता ५० क्युविक लिटरप्रति घण्टा रहनेछ । यसअनुसार एक दिनमा ४० लिटर क्षमताका १५० सिलिन्डर अक्सिजन भर्न सकिनेछ । अक्सिजन प्लान्ट स्थापनाका लागि चौधरी फाउन्डेसनले आफ्ना साझेदार एवं स्थानीय नगरपालिकाहरूसँग सहकार्य गर्ने र अक्सिजन प्लान्ट केही दिनभित्रै आयात गर्ने जनाएको छ ।

धनगढी र सुर्खेतमा स्थापना हुने अक्सिजन प्लान्टले दुवै प्रदेशको अक्सिजन माग पूरा गर्नेछन् । यसका साथै चौधरी फाउन्डेसन तत्काल अक्सिजन कन्सन्ट्रेटर आयात गरी अक्सिजनको चर्को अभाव खेपिरहेका अस्पतालहरूलाई उपलब्ध गराउन प्रतिबद्ध रहेको पनि जानकारी गराएको छ ।

चौधरी फाउन्डेसनका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले कोरोना महामारीले देशभरका नागरिकलाई आक्रान्त बनाएको र यसको नियन्त्रणका लागि आपतकालीन स्वास्थ्य व्यवस्थापन अत्यन्तै जरुरी देखिएकाले फाउन्डेसनले एकीकृत योजना अगाडि सारेको बताए । उनले बिरामीको जीवन रक्षा गर्नु, यसका लागि आईसीयू वार्ड, अक्सिजन प्लान्ट, अक्सिजन कन्सन्ट्रेटर सबैभन्दा महत्वपूर्ण स्वास्थ्य उपकरण जुटाउन आफू अग्रसर भएको बताए ।

 

Related Articles

Back to top button