News
आदित्य र श्वेता कश्मिरमा हनिमून , तस्बिर बन्यो भाइरल
काठमाडौं । लोकप्रिय गायक उदितनारायण झाका एकमात्र सुपुत्र गायक तथा होस्ट आदित्य नारायण विबाहपछि थप चर्चामा छन् । आदित्यले प्रेमिका तथा अभिनेत्री श्वेता अग्रवाल हनिमुन मनाइरहेका तस्विरहरु भारतीय मिडियाले बाहिर ल्याएका छन् ।
उनीहरु हनिमुन मनाउनकै लागि भनेर कश्मीर पुगेका छन् । बढ्दो चिसोमा कश्मीरको प्राकृतिक सुन्दरतामा रमाइरहेका तस्विरहरु आदित्यले सेयर गरेसँगै अहिले तस्विर भाइरल बनिरहेका छन् ।
आदित्यले सेयर गरेका तस्विरहरु फ्यानले रुचाएका छन् । तस्बिरमा आदित्य ज्याकेट र चस्मामा देखिएका छन् भने श्वेता पिंक कलरको स्वीटर र रातो कलरको ह्याटमा निकै सुन्दर अवतारमा देखा परेकी छिन् । यो जोडीले डिसेम्बर १ मा विवाह गरेका थिए ।