सर्लाहीको बरहथवामा हिजो दिउँसो तीन तले घरको छतबाट ख’सेर एक महिलाको ज्या’न ग’एको छ। बरहथवा नगरपालिका वडानं. ५ बस्ने पूर्णबहादुर थापा मगरकी श्रीमती ५१ वर्षीय गीताको शनिबार आफ्नै तीन तले घरको छतबाट ख’सेर ज्या’न गएको हो। आज बिहान ७ बजेतिर लुगा सुकाउने क्रममा अचा’नक छतबाट ख’सेकि हुन्।
ग’म्भीर घा’इते भएकी मगरको उपचारका क्रममा नेशनल मेडिकल कलेज वीरगन्जमा दिउँसो करिब साँढे २ बजे मृ,त्यु भएको इलाका प्रहरी कार्यालय बर हथवाले जानकारी दिएको छ । मृ,तकका श्रीमान पूर्णबहादुरले सोही घरमा मुनलाईट आवासीय विद्यालय सञ्चालन गर्दै आएका छन्।
यस्तै ,चर्चित गीत तिजको लहर आयो बरिलै का रचनाकार चेतन कार्कीको निधन भएको छ । उनी संक्रमित भएर अस्पतालमा भर्ना भएका थिए । उपचारका क्रममा उनको ८३ वर्षको उमेरमा नि’धन भएको हो । उनी गीतकार तथा चलचित्र निर्देशक पनि थिए । सं’क्रमित भएपछि एक साताअघि छाउनीस्थित सैनिक अस्पतालमा भर्ना भएका उनको आइतवार विहान नि’धन भएको हो ।
कार्कीको परिवारसँग सम्पर्कमा रहेका फोटो पत्रकार विकास रौनियारले घ’टनाको पुष्टि गरेका हुन् । शनिबार दिउँसोसम्म कार्कीको अवस्था राम्रै रहेको बताइएको थियो। तर बेलुकीदेखि उनको स्वास्थ्यमा स’मस्या आएको र आइसीयूमा भर्ना गरिएको रौनियारले बताएका छन् । कार्कीको आइतवार विहान साढे १० बजेतिर नि’धन भएको परिवारले जनाएको छ।
कार्कीको परिवारमा श्रीमती र दुई छोरा छन्। कार्कीको परिवारका अन्य सदस्यहरु आइसोलेसनमा छन्। उनले ‘तिजको लहर आयो बरिलै’ र ‘कलिलो तामालाई सोधे रामालाई’ जस्ता लोकप्रिय गीत रचना गरेका थिए। उनले यीलगायत नेपाली जनजिब्रोमा झु’ण्डिएका कैयौं गीत रचना गरेका छन् भने चर्चित फिल्महरु निर्देशन गरेका छन्।