News
जेठ २० सम्म परीक्षा गरिसक्नुपर्ने ( सुचना सहित )
काठमाण्डौ महानगरपालिकाभित्रका विद्यालयले आउँदो जेठ २० गतेसम्म परीक्षा लिइसक्नुपर्ने भएको छ । महानगरपालिकाको शिक्षा विभागका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले विज्ञप्ति निकालेर जेठ २० गतेसम्ममा परीक्षा लिएर जेठको मसान्तसम्ममा नतिजा प्रकाशन गरिसक्न निर्देशन दिनुभएको हो ।
यस्तै असारको पहिलो हप्ताबाट कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउनसमेत महानगरपालिकाले निर्देशन दिएको छ ।
अनलाइन र अफलाइन एवम् टेलिफोन, मेलमार्फत प्रश्न पठाएर लगायत विधि अपनाएर विद्यालय अनुकूल हुने गरी परीक्षा सञ्चालन गर्नुपर्ने महानगरपालिकाले निकालेको विज्ञप्तिमा भनिएको छ ।