HealthNewsVideo

२४ घण्टा नबित्दै ठुलो सफलता, रोएको परिवारलाई हँसाए सक्किगोनीका धतुरेले, काठमाडौँ कोठाको बाउ छोरीलाई आयो यति ठुलो सहयोग हेर्नुहोस

२४ घण्टा नबित्दै ठुलो सफलता, रोएको परिवारलाई हँसाए सक्किगोनीका धतुरेले, काठमाडौँ कोठाको बाउ छोरीलाई आयो यति ठुलो सहयोग हेर्नुहोस

काठमाडौं– राजधानीको बागबजारमा परिवारका सदस्यसहित कष्टकर जीवन बिताइरहेका दोलखा शैलुङका डिल्लीबहादुर कार्कीलाई कलाकार तथा निर्देशक सिपी पुडासैनी ‘धतुरे’को समूहले आर्थिक तथा खाद्यान्न सहयोग गरेका छन् ।

कार्कीको करिब एक वर्षअघि रुखबाट लडेपछि शरीरको आधा भाग चल्न सकेको छैन । पुडासैनीले सामाजिक सञ्जाल फेसबुकमा केही तस्वीर राख्दै सहयोग गरेको उल्लेख गरेका छन् ।

‘अन्ततः हिजो सामाजिक सञ्जालमा भेटिएका डिल्लीबहादुर कार्की र उहाँको परिवारसँग आज भेट्ने अवसर मिल्यो । दोलखा शैलुङ निवासी उहाँ एक वर्षअघि रुखबाट सेउला झार्ने क्रममा लडेर आधा शरिर नचल्ने हुनु भएको रहेछ ।

कोरोना महामारीको पीडा र भएभरको सम्पत्ति आफ्नो उपचारमा सक्नु भएका अति नै विपन्न उहाँलाई म, अशोक खड्का तथा उत्तम खड्का उपस्थित भई २५,००० रुपैयाँ नगद, दुई बोरा चामल लगायतका खाद्यान्न सहयोग गरेको छौं ।’ उनले लेखेका छन् ।

कार्कीको सहयोगका लागि कलाकार पुडासैनीले नगद पाँच हजार रुपैयाँ, कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ का अध्यक्ष प्रकाश फूयाँलले नगद ५ हजार, तेक्वान्दो प्रशिक्षक अशोक खड्काले खाद्यान्न, तेक्वान्दो प्रशिक्षक दिल गुरुङले एक बोरा चामल, नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका अध्यक्ष केशव पुरीले नगद १० हजार, व्यवसायी उत्तम खड्काले नगद २५ सय, तेक्वान्दो प्रशिक्षक रोहिन्द विक्रम खड्काले नगद २५ सय, सुमिला खड्काले एक बोरा चामल तथा रञ्जना थापाले खाद्यान्न सहयोग गरेका छन् ।

सक्किगोनी’ छोडेर ‘राम्रो म’ बनाउदै धतुरे

चर्चित कमेडी श्रृखंला ‘सक्किगोनी’का चर्चित पात्र मध्येका एक हुन् सीपी पुडासैनी ‘धतुरे’ । यी नै धतुरे  ‘सक्किगोनी’ छोडेर नयाँ हास्यँश्रृखला निर्माणमा जुटेका छन् । उनले अहिले हाँस्यश्रृखला ‘राम्रो म’ बनाउन लागेका हुन् ।

हाँस्यश्रृखला ‘के जमाना आ’(नेपाल टेलिभिजन), क्या जमाना आ !’ (एपि वान टिभीमा), हे सिटामोल (नाइस टेलिभिजन)मा निर्माण प्रसारण गरेका सीपीले सबै श्रृखलामा ‘धतुरे’ पात्रलाई जिबित राखेका थिए । सोही पत्र समेत रहने गरेर उनले नयाँ श्रृखला बनाउन लागेका हुन् ।

अभिनयको अलवा श्रृखंला लेखन तथा निर्देशन समेत गर्दै आएका सीपीले माता पिता प्रोडक्सन प्रालिको ब्यानरमा ‘राम्रो म’ निर्माण गर्न लागेका हुन् ।

दर्शकका लागि आफ्नो भुमिका र कथा मार्फत केही नयाँ दिने सोचका साथ नयाँ श्रृखंलामा​ लागेको सिपीले बताए । 

‘‘राम्रो म’मा दर्शकले धतुरेलाई केही फरक पाउनु हुनेछ’ सीपीले भने ‘दर्शक रुची अनुसार नयाँ श्रृखंला बन्ने छ ।’

श्रृखंलामा सीपीका अलवा रामचन्द्र अधिकारी, केशव सापकोटा, मेलिना ठकुरी, शिवहरि नेपाल, सोनाम लामा, रुपेश मण्डल, सीताराम श्रेष्ठ, सानु बोगटी, दीपु खड्का, प्रमोद खनाल लगायतको अभिनय रहनेछ । 

श्रृखंलाको शिर्ष गीतमा भने राजेश पायल राईको स्वर, प्रकाश पुञ्जको शब्द र शशी बिक्रम थापाको संगीत समेटिएको छ ।

लेखन÷निर्देशन समेत सीपी स्वयंकै रहने श्रृखंला बैशाखको अन्तिम साता प्रसारणमा आउने सीपीले जानकारी दिए । श्रृखंला प्रसारणका लागि टेलिभिजन भने फाइनल हुन बाँकी रहेको छ ।

Related Articles

Back to top button