News

नेपाल आज ७ हजार ३ सय ६८ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा नेपालमा थप ७३६८ जनामा को’रोनाभाइरस संक्रमण पुष्टि भएको छ । पी’सीआर विधिबाट ७ हजार ३१६ र एन्टिजेन विधिबाट ५२ जना गरी जम्मा ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

काठमाडौं उपत्यकाभित्र भक्तपुरमा २९२, ललितपुरमा ४३६ र काठमाडौंमा १ हजार ८८१ गरी जम्मा २ हजार ६०९ जनामा संक्रमण पुष्टि भएको गौतमले जानकारी दिए । यस्तै आज संक्रमणका कारण १४५ जनाको ज्यान गएको पनि उनले जानकारी दिए ।

त्यस्तै चलचित्र लेखक, निर्देश, गीतकार तथा संगीतकार चेतन कार्कीको को’रोना संक्रमणबाट नि’धन भएको छ । को’रोना संक्रमण भएपछि वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचाररत कार्कीको आइतबार बिहान नि’धन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

कार्कीले भू’मरी, पहिलो प्रेम, परिवर्तन,सिन्दूर, विश्वास लगातका चलचित्र निर्देशन गरेका थिए । यस्तै उनले लेखेका चलचित्रमा परिवर्तन, सिन्दूर, माया प्रिती, राँको, जीवनरेखा आदि थिए । उनलाई नेपाली चलचित्र क्षेत्रमा बौद्धिक र हकी स्वभावका चलचित्रकर्मीका रुपमा चिचिनछ ।

त्यस्तै नेकपा एमाले इलामका नेता नवराज शंकरको मृ’त्यु भएको छ । उनको शनिवार राति को’रोनाभाइरसको संक्रमणबाट मृ’त्यु भएको हो । ’कोरोना पुष्टि भएपछि उनी हो’म आ’इसोलेसनमा बस्दै आएका थिए ।

स्वास्थ्यमा स’मस्या बढेपछि उनलाई मोरङको विराटनगरस्थित विराट नर्सिङ होम लगिएकोमा उपचारको क्रममा मृ’त्यु भएको हो । उनी नेकपा एमालेको कार्यालय सचिवसँगै विभिन्न सं’घसंस्थामा सक्रिय रहेका थिए । त्यस्तै नेपालगञ्जमा कार्यरत पत्रकार रईश साईको को’रोना सङ्क्रमणबाट शनिबार मृ’त्यु भएको छ

Related Articles

Back to top button