गायिका शान्ति श्री परियारको मनछुने गीत “म झरेको पात” (भिडियोसहित)
पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।
लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।
नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममालोकप्रिय गायिका शान्तीश्री परियार पछिल्लो समयकी निकै चर्चित गायिका हुन । उनले सयौं आफ्ना गीत मार्फत धेरै दर्शक स्रोताको मन जित्न सफल भइरहेकी छन । त्यति मात्र होइन उनका जीवन साथी नारायण भुजेल पनि यो क्षेत्रमा आफ्नो उपस्थिति जनाइ सबैलाई चकित पारेका छन ।
शान्तीको भर्खर मात्र सार्वजनिक भएको नयाँ गीत म झरेको पात उनैले लेखेका हुन । सुनेरै धित नमर्ने सो गीतमा लय शान्ती आफैले बनाएकी हुन । त्यस्तै गीतको थेगो भने जीतु परियारले बनाएकी छन ।
शान्ती श्रीको आफ्नै युटुव च्यानलबाट सार्वजनिक गरिएको सो गीतमा शान्तीले निकै मन छुने आवाज दिएकी छन ।