EntertainmentVideoरोचक खबर

१३० किलो तौल भएकी सानुमाया टिकटकमा भाइरल (भिडियो)

काठमाडौं :पछिल्लो समय भिडियो सेयरिङ एप टिकटक युवा पुस्तामाझ निकै लोकप्रिय भइरहेको छ । कतिपयले टिकटकमा राखेका छोटा भिडियोका कारण अवसर पाएका छन् भने कोही सेलीब्रेटी नै बनेका छन् । आफ्नो अभिनय कला भएकाहरुले टिकटकका माध्यमबाट मोडिलिङ, गायन लगायतमा अघि बढ्न निकै सहज भएको छ ।

अमेरिका भारत लगायत कतिपय देशमा टिकटक चलाउन पाइदैन । अर्थात विश्वका कयौं देशमा टिकटकमाथि प्रतिवन्ध लगाइएको छ । तर नेपालमा पछिल्लो केही समय यता भने टिकटक प्रयोगकर्ताहरु बढिरहेका छन् । अभिनय गर्न पाइने, भिडियोमा व्यक्तिहरुको कला हेर्न पाइने भएपछि टिकटक हिट भएको हो ।

टिकटकमा विभिन्न खालका मानिस र प्रयोगकर्ताहरुको उपस्थिति देख्न सकिन्छ । कम उमेर बालबालिका, कार्यालय, कार्यक्षेत्र, अस्पताल विमानमा टिकटक खिच्नेहरुपनि उत्तिकै छन् । यसैबीच कैलालीकी एक महिला टिकटकमा हिट बनेकी छिन् । १३० किलो तौल भएकी टिकटक युजर हुन् भावना आचार्य (सानुमाया)। उनि यतिबेला निकै हिट भएकी हुन् ।

पालतो र छरिको जीउ डाल भएकाले मात्र नाच्न, अभिनय गर्न सक्छन् भन्ने मान्यता विपरित उनको ठूलो ज्यानले पनि टिकटकमा साथ दिएको छ । टिकटक चलाउन थालेको छोटो अवधिमा उनका २ लाख ९३ हजार भन्दा धेरै फलोअर छन् ।

नाचेर शरीरको तौल घटाउने र टिकटक पनि बनाउने गरेकी उनको तौल नाच्न र टिकटक बनाउन थालेपछि भने घटेको छैन । टिकटक बनाउन सुरु गर्ने समयमा ११० किलो तौल रहेको उनको शरिर अहिले १३० किलो भएको छ ।

Related Articles

Back to top button