HealthNews

उपचार नपाएका गरिबको लागि भगवान बन्दै तीन अभियान्ता – रवि, महावीर र भीम

काठमाण्डौ – कोरोना महामारी भयावह अवस्थामा पुगेको छ । यो बेला अविभावक बन्नु पर्ने सरकार रमिते जस्तै बनिरहेको छ । उपचारमा अक्सिजनको हाहाकार छ ।

यही विकराल अवस्थाबीच तीन अभियान्ताले आफ्नो सामाजिक सञ्जालबाटै गरीब दुखीको सेवा गरिरहेका छन् । यसो त सहयोग गर्नेहरू धेरै नेपाली छन् तर यहाँ बिशेष गरि तीन अभियान्ताको चर्चा गर्न लागिएको छ ।

फिल्डमै उत्रिएर पत्रकार रवि लामिछानेले धेरै ज्यान जोगाई रहेका छन् ,लामिछानेले जनमैत्री अस्पतालसँग मिलेर विरामीको उपचारमा सघाइरहेका छन् ।। साथै उनले आफ्नो एउटा टीम नै बनेर अस्पताल लैजाने सम्मको सेवा सुरु गरेका छन् । उनले आज सम्म सयौ नेपालीको उपचारमा सहयोग गरिरहेका छन् भने अभियान निरन्तरता पनि दिइरहेका छन् ।

त्यस्तै सामाजिक सञ्जालबाटै धेरै सहयोग गर्ने व्यक्ति हुन् – पूर्व सचिव भीम उपाध्याय । उनले पनि सहयोग जुटाउनेदेखि लिएर समस्या परेकाहरुको समस्या समाधान गर्न लागिपरेका छन् । सामाजिक सञ्जालमा सहयोगका अपील सहितका पोस्टल धेरैको जीवन बचाइरहेको छ ।

बिग्रेको सामान मर्मत गरेर होस् या अन्य सहयोग गरेर । महावीर पुनले पनि यो महामारीको बेला धेरैको सहयोग गरिरहेका छन् । दिनभरि जस्तो उनीपनि सामाजिक सञ्जालमा सहयोगको अपिल गरिरहेका हुन्छन् भने आफूले पनि कयौ सहयोग गरिरहेका छन् । उनको अविष्कार केन्द्रले कोरोना महामारीमा सबैको मन् जित्नेगरी काम गरिरहेका छन् ।

Related Articles

Back to top button