रातारात कसरी फिल्म नै लिक भयो ? सलमान खानको राधे सामाजिक सञ्जालमा नै छ्याप छ्प्ती भेटीन थालेपछि तनावमा सलमान खान
सुपरस्टार सलमान खानको बहुप्रतिक्षित फिल्म राधे–योर मोस्ट वांटेड भाई रिलीज भएको केही मिनेटमै सामाजिक सञ्जाल मार्फत लिक भएको छ । यसलाई धेरै मानिसहरुले डाउनलोड समेत गरेका छन् ।
डाउनलोड गरिएको फिल्मलाई एक अर्कामा शेयर समेत गरेका छन् । यो फिल्म रिलीज हुनु भन्दा पहिला सलमान खानले आफ्ना फ्यानहरुलाई पाईरेसी रोक्ने र फिल्मलाई आधिकारीक प्लेटफार्ममा देखाउने बाधा गरेका थिए ।
धेरै जसो सामाजिक सञ्जाल प्रयोगकर्ताले यस फिल्मको मज्जा लिए भने केहीले फिल्म पाइरेसी भएको चिन्ता ब्यक्त गरेका थिए । उनीहरुले सलमान खान संग यस्ता ब्यक्तिहरुका बिरुद्ध एक्सन लिन अपिल समेत गरेका छन् ।
ट्रेलरमा सलमानसँगै अभिनेतमा रणदीप हुडा र अभिनेत्री दिशा पटानी देखिएका छन्। एक्सनले भरिपूर्ण राधे सलमानको निर्माण र प्रभु देवाको निर्देशनमा तयार भएको फिल्म हो।
हलमा गएर हेर्न चाहने दर्शकले टिकट काटेर हेर्न सक्ने भनिएको यो फिल्म दर्शकले ओटीटी प्लेटफर्ममा पैसा तिरेर पनि हेर्न सक्ने बताइएको छ। फिल्म जी प्लेक्सबाट सार्वजनिक हुनेछ।