News

लकडाउन असर : काठमाडौँको एक कोठामा बाउ छोरीको बिजोग, रोए धरधरी (भिडियो)

काठमाडौ – एक बर्ष अगाडि मात्र दोलखाबाट उपचारको शिलशिलामा काठमाडौ आएका हुन डिल्ली बहादुर कार्की

दोलखा निबासी डिल्ली बहादुर केही बर्ष अगाडि रुखबाट खसेर आफनो ढाड भाच्न पुुगे त्यसपछि उनी उपचारका लागि यहा आए । आएको एक बर्षमा लकडाउनको चपेटामा परेर अहिले के खाउ के लाउ भाको छ ।

न त आफू बसेको घरको भाडा तिर्न सकेका छन न त दुुई छाक खानानै । गाउमा खेती किसानी गर्दागर्दै रुखको हागो लाछिएर करिब २० फिट तल खस्दा यस्तो अवस्थामा आईपुगे । काठमाडौ आएपछि पनि यसैका लागि करिब १२—१३ लाख खर्च गरे । घर बारी सबै बेचेर ७ लाख रिन लगाएर यतिसम्म अवस्थामा पुगेका छन ।

३ छोरीका बुवा बनेका डील्ली भन्छन् । छोरीले दिसा पिसाब स्याहार्दा आफैलाई बि-ष खाएर मरम जस्तो लाग्छ भन्छन । श्रीमतीले लकडाउन अगाडि महिनाको ५ हजार आउने जागिर गर्थिन तर त्यो पनि अहिले छैन र छोरीले फेन्सीमा काम गर्थिन त्यहाको पनि अहिले आश हरायो भन्दै छोरी भक्कानिईन ।

१५ बर्षकी छोरी ९ कक्षामा पढदापढदै बाबुको यो अवस्था भएपछि पढाई पनि छोडिन ।

Related Articles

Back to top button