काठमाडौँ उपत्यकामा थपिए २ हजार ९३७ संक्रमित , कुन वडामा कति हेर्नुहोस्
काठमाडौँ / पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २ हजार ९३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा २ हजार १४६, भक्तपुरमा ३४७ र ललितपुरमा ४४४ जनामा गरी कुल २ हजार ९३७ जना थपिएको जानकारी दिएका हुन् ।
यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी ३ हजार ३४९ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितहरू तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ८ हजार १६७ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर १८ हजार ५४८ जनाको पीसीआर–एन्टिजेन परीक्षण ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
१७ हजार ९७१ जनाको आरटी–पीसीआर परीक्षण र ५ सय ७७ जनाको एन्टिजेन परीक्षण गर्दा ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा मुलुकभर ८ हजार १६७ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ४ लाख ४७ हजार ७०४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार ४५५ संक्रमित निको भए, १ सय ८७ को मृत्यु
कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ५ हजार ४५५ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ५ हजार ४५५ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ३ लाख ३३ हजार १०८ पुगेको छ ।
यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ६ सय ७५ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर १८ हजार ५४८ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल २७ लाख ५१ हजार ४८१ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा थप १ सय ८७ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८५६ पुगेको छ ।