NewsVideo

प्रधानमन्त्री केपी ओलीलाई ज्ञानेन्द्र शाहीको कडा चे’ताबनी, अक्सिजन सिलिन्डर खोज्दा एसपीले फोनबाट थ’र्काउछन, अहिले केहि नगरे जनताले धिक्कारछन भन्दै गर्जिए

काठमाडौँ | अक्सिजन अभावको समस्या हल गर्ने उद्देश्यले नेपाल प्रहरीले अक्सिजन सिलिन्डर संकलन अभियान शुरू गरेको छ ।

प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरका अनुसार अहिले सम्म प्रहरीले देशभरका विभिन्न स्थानबाट ५ हजार ४ सय ३२ थान अक्सिजन सिलिन्डर संकलन गरिसकिएको छ ।

प्रहरीले संकलन गरेका मध्य १ हजार ४ सय ४१ भरी र ३ हजार ९ सय ९१ खाली सिलिन्डर रहेका छन् ।

४ हजार ५ सय ८९ वटा सिलिन्डर कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको एसएसपी कुँवरले बताए ।

आवश्यकता भन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने अस्पताल, व्यक्तिलगायत अन्य संघसंस्था तथा स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा स्टक गरी राखेका अक्सिजन सिलिन्डर नियन्त्रणमा लिई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको संख्या अनुसार वितरण गरिएको हो ।

यसै बीच यहि अक्सिजनको बिषय र केपी ओलीलाई चेताबनी दिदै गर्जिएका छन् ज्ञानेन्द्र शाही –

काठमाडौँ | भाईरल सचिन परियारको स्वरमा नयाँ गीत “आमा कै काख प्यारो” को रेकडिङ्ग कार्य सम्पन्न भएको छ । यस गीतमा नेपाली चार्लीको उपनामले परिचित ब्यक्ति तिलक कार्कीको शब्द, संगीत रहेको छ भने सन्तोष प्रगाढले संगीत संयोजन गरेका हुन् ।

भाईरल सचिन परियारको बुवा आमाको काण्डको बारेमा केही साता अघी भाईरल भएको थियो । त्यस काण्ड पछि सचिन परियार बुवा तेजेन्द्र परियार सँगै बस्ने गर्छन् । सचिन आफुलाई जन्म दिएको आमा सँग बस्दैनन् ।

सोही कुरालाई मध्य नजर गर्दै उनले भोगेका र सचिन परियारको आफ्नै वास्तविक कथामा आधारित “आमा कै काख प्यारो” नामक गीत निर्माण भएको हो ।“आमा कै काख प्यारो” नामक गीत काठमाडौं, अनामनगर स्थित एक्सन स्टुडियोमा रेकडिङ सम्पन्न भएको हो ।

यस गीतलाई उपेन्द्र प्रसाद खड्काले निर्देशन गर्ने भएका छन् भने गीतको भिडियोमा सचिन परियार, पुन्य गौतम, तेजेन्द्र परियार, तिलक कार्की (नेपाली चार्ली) लगायतको अभिनय रहने छ । हेर्नुहोस –

यो पनि: यसरी सुरु भयो देउडा गायिका रेखा जोशीको सांगीतिक यात्रा

कामप्रतिको लगाव र परिश्रमले जुनसुकै क्षेत्रमा सफल भइन्छ’ भन्ने उदाहरण युवा देउडा गायिका रेखा जोशी बन्नुभएको छ । पछिल्लो समय उहाँले आफूलाइ सुदूरपश्चिमको देउडा क्षेत्रमा अब्बल सावित गराउन सफल हुनुभएको छ ।

पाँच/छ वर्षअघि मात्रै देउडा गायन क्षेत्रमा उहाँ प्रवेश गर्नुभएको थियो । कञ्चनपुरको भीमदत्तनगरपालिका–७ हल्दुखा निवासी उहाँका कर्णप्रिय देउडा गीत सुन्न श्रोता औधि मनपराउँछन् । उहाँ यहाँका देउडा पारखीको मनमनमा पस्न सफल हुनुभएको छ । उहाँले पाँच वर्षको अवधिमा ७०० भन्दा बढी देउडा, लोक तथा सुदूरपश्चिमको ठाँडी भाकामा स्वर दिइसक्नुभएको छ ।

उहाँले विसं २०७१ मा ‘घुटुक्क बाडुली लाग्या’ बोलको गीतमा पहिलोपटक स्वर दिनुभएको थियो । यसपछि देउडा गीत बजारमा आउने क्रम रोकिएको छैन । “तीन वर्षअघि बजारमा आएको ‘मैना’ एल्बमले सुदूरपश्चिमको देउडा क्षेत्रमा मलाई परिचित गरायो ।” उहाँले भन्नुभयो, “मैना गीत युटुबमा समेत २६ लाखभन्दा बढीले हेरे ।”

“देउडाले पनि सुदूरपश्चिमलाई मुलुकभर चिनाएको छ ।” उहाँले भन्नुभयो, “विदेशमा पनि नेपाली देउडा भन्नासाथ हुरुक्कै हुन्छन् ।” प्रदेशको पीडा, सुदूरपश्चिमको कला, संस्कृतिलाई संरक्षण एवं सम्वद्र्धनमा समेत देउडा गीत सहयोग बन्दै आएको र आफू यहाँका पर्यटकीयस्थलको समेत साङ्गीतिक यात्रामार्फत प्रचारप्रसारमा जुटिरहेको उहाँले बताउनुभयो ।

“भारतको दिल्ली, बैंग्लोर, मुम्बैदेखि कतार, दुबई, कोरियासम्म देउडा गायनका क्रममा पुगेको छ ।” उहाँले भन्नुभयो, “गायनबाट अध्ययनलाई प्रभावित हुन दिएको छैन ।” हाल सुदूरपश्चिम प्रदेशको लोकदोहरी प्रतिष्ठानको सदस्यसमेत रहनुभएकी गायिका जोशीले आफू स्कूले समयदेखि नै गायनमा बुबाआमासँगै लागेको बताउनुभयो ।

“बुवा र आमा पनि देउडा गीत राम्रै गाउनुहुन्थ्यो ।” उहाँले भन्नुभयो, “दुवै दाजुहरुले पनि गायनका क्रममा स्टुडियो पु¥याउनसम्म ठूलो सहयोग गरे ।” करिब तीन वर्ष यहाँको स्थानीय रेडियोमा कामसमेत गर्नुभएकी जोशीलाई विगत केही वर्षयता यहाँका हरेक साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रममा स्थान दिँदै आइएको छ । “बंैकिङ क्षेत्रमा जाने ठूलो चाहना थियो ।” उहाँले भन्नुभयो, “देउडा यहाँको संस्कृति भएकाले पनि हामी युवा पुस्ता यसको जगेर्नामा लाग्नुपर्छ ।”

पछिल्लो समय यहाँको देउडा गायन क्षेत्रमा निकै सक्रिय र व्यस्त रहेकी जोशीले लोप हुन लागेको देउडामा नयाँ क्रेज थपिएको बताउनुभयो । “युवापुस्ता पनि देउडामा नयाँपन ल्याउँदा झम्मिरहेको देख्छु ।” उहाँले भन्नुभयो, “गायनबाटै सम्मान र दामसमेत पाएकै छु ।” पछिल्लो समय युवापुस्तामाझ निकै लोकप्रिय बनेका देउडा गायक लालबहादुर धामी (अछामी बड्डो) ले गायिका रेखा जोशी छोटो समयमै सफल कलाकारका रुपमा लिनुहुन्छ । “देउडामा थोरै समयमा रेखाले राम्रो प्रगति गरिँन ।” उहाँले भन्नुभयो, “उनलाई यहाँका अग्रजको पनि साथ र सहयोग छ ।”

प्रधानमन्त्री केपी ओलीलाई ज्ञानेन्द्र शाहीको कडा चे’ताबनी, अक्सिजन सिलिन्डर खोज्दा एसपीले फोनबाट थर्काउछन, अहिले केहि नगरे जनताले धिक्कारछन भन्दै गर्जिए
काठमाडौँ | अक्सिजन अभावको समस्या हल गर्ने उद्देश्यले नेपाल प्रहरीले अक्सिजन सिलिन्डर संकलन अभियान शुरू गरेको छ ।प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरका अनुसार अहिले सम्म प्रहरीले देशभरका विभिन्न स्थानबाट ५ हजार ४ सय ३२ थान अक्सिजन सिलिन्डर संकलन गरिसकिएको छ । प्रहरीले संकलन गरेका मध्य १ हजार ४ सय ४१ भरी र ३ हजार ९ सय ९१ खाली सिलिन्डर रहेका छन् । ४ हजार ५ सय ८९ वटा सिलिन्डर कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको एसएसपी कुँवरले बताए ।

आवश्यकता भन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने अस्पताल, व्यक्तिलगायत अन्य संघसंस्था तथा स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा स्टक गरी राखेका अक्सिजन सिलिन्डर नियन्त्रणमा लिई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको संख्या अनुसार वितरण गरिएको हो ।

यसै बीच यहि अक्सिजनको बिषय र केपी ओलीलाई चेताबनी दिदै गर्जिएका छन् ज्ञानेन्द्र शाही –

Related Articles

Back to top button