News

फर्केर आउछु भनेर हस्पिटल गएका बुबालाई कोरोनले लग्यो , छोरी बासिन किरिया(पुरा पढ्नुहोस आँसु आउछ)

हिन्दूसंस्कार अनुसार कुनै व्यक्तिको मृत्यु भएमा छोराले काजकिरिया गर्ने चलन छ । मृ’त्युपछि छोरा नभए दाजुभाइ वा दाजुभाइका छोराले धर्म र संस्कृति अनुसार दशगात्र (काजकिरिया) कर्म गर्ने चलन छ । समयअनुसार समाजको सोच र परम्परा पनि बदलिँदैछ । छोरा नहुने आमाबुबाको मृ’त्युपछि स्वर्ग पुगिदैन् भन्ने साेंचलाई अहिले छोरीले तोड्न थालेका छन् । पुरानो मान्यता तोड्दै दाङको तुलसीपुरमा बाबुको निधनपछि १६ बर्षीया छोरी किरिया बसेकी छन् । तुलसीपुर उपमहानगरपालिका–५ संगितनगर निबासी ३८ बर्षका बाबु टेकबहादुर परियारको भारतको गुजँरातमा कोरोनाका कारण गएको बैशाख १३ गते मृत्यु भएपछि छोरी विनिता परियार अहिले किरिया बस्नुभएको छ । विनिताका बुबा–आमा भारत गएपछि तीन बहिनी बर्दीयामा मामाको घरमा बस्दै आएका थिए ।

तीन बहिनी मध्य बिनिता जेठी छोरी हुनुहुन्छ । बर्दीयाबाट आएर विनिता बैशाख २४गतेबाट बाबुको किरिया बस्नुभएको छ । छोराछोरीसंग कहिलेपनि संगै बस्ने भएन राम्रोगरी पढ्नु भन्दै एक महिना अघि रोजगारीका लागि भारत जानु भएका ड्याडीले मृत्यु भएको अघिल्लो दिन भिडियो कलमा आमाको ख्याल गर्नुहै छोरी भन्नु भएको थियो,’ विनितिाले भन्नुभयो त्यो नै उहाँको अन्तिम बोली रहेछ । छोरी भएपनि ड्याडीले सधै तिमिहरु छोरा हौ भन्ने गरेकाले आफु किरिया बसेको विनिताको भनाई छ । ‘ठूली मम्मिले छोरी मान्छे किरिया बस्नु हुँदैन भन्नु हुन्थ्यो तर मेरो मनले मानेन् ,’ विनिताले भन्नुभयो –‘म पनि छोरा भन्दा के कम छु र भन्दै बसेको हुँ ।

दलित परिवार भित्र जन्मीएर पनि समाज परिवर्तनको संवाहक बन्नुभएकी विनिताको कार्यले छोराले मात्रै काजकिरिया गर्नुपर्छ, नत्र स्वर्ग पुग्न सकिदैन भन्ने अन्धविस्वासलाई चुनौति दिएको छ । अनिवार्य छोरा जन्माउनै पर्ने, उसैले मात्र आमाबुबाको काजकिरिया गर्नुपर्ने बाध्यात्मक अवस्था रहे पनि अहिले त्यो हटेर गएको तुलसीपुर उपमहानगरपालिका – ५ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहले बताउनुभयो । बुबाको दशगात्र काजकिरिया गरेर बसिरहनुभएकी जेठी छोरी विनिताले बाबुको चाहनाअनुसार नै आफूहरुले बुबाको काजकिरिया गरिरहेको बताउनुभयो । लालि गुराँस डटकम बाट  

 

Related Articles

Back to top button