भिडियो तलको समाचारको अन्त्यमा राखीएको छ, पुरा हेर्नुहोस ।
काठमाडौं । नेपालमा दोस्रो चरणको कोरोना म हामारी तीब्र रुपमा फैलिरहेको अवस्थामा कोरोनावि रुद्धको खोप लगाउनेहरुको संख्या पनि दिनानुदिन बढिरहेका छन् । कोरोनाविरुद्धको खोप केन्द्रहरुमा खोप लागउनेहरुको भी ड नै हुने गर्दछ ।
यसैबीच नेपाल सरकारले ४ डलरमा ल्याएको कोरोनाविरुद्धको खोप चौगुणा बढी मूल्यमा सर्वसाधारणलाई बेच्न पाउने गरी निजी कम्पनीलाई जिम्मा दिएको छ । कोरोनाविरुद्धको खोप ल्याउन अवरोध गर्ने कम्पनी हुकमलाईलाई नै सरकारले चौगुणा बढी मूल्यमा खोप बेच्ने अनुमति दिएको हो ।
भारतको सेरम इन्स्टिच्युट अफ लाइफ साइन्सबाट नेपाल सरकारले प्रतिडोज चार डलर (साढे चार सय रुपैयाँ)मा ल्याएको थियो । तर, स्वास्थ्य सेवा विभागले सोही खोपको प्रतिडोज १७ सय रुपैयाँ बढी शुल्क उठाउन हुकुमलाई अनुमति दिएको हो ।
योसँँगै सेरमको दुई डोज खोपका लागि नेपाली नागरिकले निजी कम्पनीलाई ३४ सय रुपैयाँ बढी शुल्क तिर्नुपर्नेछ । सेरमको कोभिसिल्ड खोपसँगै भारत बायोटेकको कोभ्याक्सिनलाई पनि व्यावसायिक प्रयोजनका लागि औषधि स्वास्थ्य विभागले अनुमति दिएको छ ।
भारत बायोटेकको कोभ्याक्सिन खोप ल्याउनका लागि इब्राल्ड फर्मास्युटिकल्सलाई विभागले अनुमति दिएको छ । कोभ्याक्सिन खोपको मूल्य एक डोजकै २६ सय रुपैयाँ रहेको छ । यस खोपलाई दुई डोज लगाउँदा ५२ सय रुपैयाँ पर्नेछ ।
ग’र्भवती बनाएर मलेशिया गएका श्रीमान फर्केनन ,छोरो यत्रो भयो-भिडियो हेर्नुहोस्