News

पुर्व राजाको मनछुने सन्देश ( पढ्नुहोस् )

काठमाडौं, ‘मलाई दलहरूले राजा बनाएको होइन र जनताले हटाएको पनि होइन ।’ निर्मल निवासमा पूर्व राजा ज्ञानेन्द्रको यस्तो भनाई सुनेर फर्किएकाहरु अ’चेल हौसिँदै आगामी चैतसम्म केही राजनीतिक परिवर्तन हुने उत्साहका साथ जु’लुसमा जुट्न थालेका छन् ।राप्रपाको राजनीतिमा त्यति धेरै सक्रिय नभएपनि राजतन्त्र पुनस्र्थापनामा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल समशेर राणालगायतका व्यक्तिहरू खुलेर अघि बढेका पाइन्छन् । गत शुक्रबार धवल समशेरहरूसँगको भेटमा ज्ञानेन्द्रद्वारा आफूलाई दलहरूले राजा नबनाएको धारणाप्रति भने नेताहरूले क’डा प्रतिक्रिया जनाएका छन् ।

उनीहरूका अनुसार दुई दशकअघि दरबार ह’त्याकाण्डपछिको राजसभा बैठकमा तत्कालीन एमाले र नेपाली काँग्रेसले सदाशयतासाथ ज्ञानेन्द्रलाई नयाँ राजामा समर्थन गरेका थिए । त्यतिबेला प्रधानमन्त्री तथा काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला र एमाले महासचिव तथा विपक्षी दलका नेता माधवकुमार नेपालसमेतको उपस्थितिमा ज्ञानेन्द्रलाई राजा वीरेन्द्रको उत्तराधिकारी छनौट गर्ने प्रस्तावमा समर्थन जनाइएको थियो ।राजसभामा कांग्रेसबाट सभामुख बनेका तारानाथ रानाभाटसमेतको सहभागिता थियो । त्यतिबेला दलहरूले सहमति नजनाएको भए उनी राजा हुनै नसक्ने विगततर्फ अलिकति ध्यान दिन दलहरूले पूर्व राजालाई सुझाएका छन् ।

दलका नेताहरू भन्छन् ‘४ वर्षअघि यौटा परिस्थितिमा दलहरूले राजा बनाएका थिए, जनताको चाहना र भावना यही हो भन्दै उनैद्वारा पु’नस्र्थापित प्रतिनिधिसभाको बलमा फेरि दलहरूले राजाबाट ह’टाइदिए ।’ कसैले पनि ज’नसमर्थनको दु’हाइ दिन नमिल्ने तीतो वास्तविकता के हो भने जनताको चा’हनाबमोजिम सत्ता हातमा लिन बा’ध्य भएको दा’बी गर्ने ज्ञानेन्द्रले छोरा पारशलाई युवराज घोषणा गर्दासमेत ज’नआक्रोशको डरका कारण दशैं बि’दाको स’हारा लिनुपरेको थियो । यसबाट पनि पुष्टि हुन्छ– ज’नमत कहिल्यै स्थायी हुँदैन ।

अहिले राजावादीहरू उग्र हुनुमा प्रधानमन्त्री केपी शर्मा ओलीको ‘युज एण्ड थ्रो’ को सिद्धान्तले समेत काम गरेको बताइन्छ । तीन वर्षअघिको आमनिर्वाचनमा झापामा राजेन्द्र लिङ्गदेनसँग तालमेल गरेर ओलीले आफ्नो जि’त सुनिश्चित गर्नुभएको थियो । त्यसअघिको स्थानीय निर्वाचनमा पनि काठमाडौं महानगरको उपमेयरका निम्ति राप्रपाका राजाराम श्रेष्ठसँग ता’लमेल गरेर विद्यासुन्दर शाक्यलाई मेयरमा जिताइएकै हो । भलै, रा’जारामलाई हि’स्स बनाएपछि त्यसको फाइदा काँग्रेसकी हरिप्रभा खड्गीले पाइन् ।उतिबेला आफूमाथि घा’त भएपछि पनि राप्रपामा नै रहेका राजाराम उग्र कमल थापा बि’रोधी हुन् ।

श्रेष्ठ राणाजस्तै ‘डा’इहार्ड’ राजावादी बनेका छन् । नेपालगञ्जका मेयर धवलले यसबीच धेरैचोटी काठमाडौं आउँदै पूर्व राजा र उनी नि’कटस्थहरूसँग उठबस गरिसकेको बताइन्छ ।राणा पछिल्ला दिनमा ज्ञानेन्द्रले पत्याएका थोरैमध्येको एक बनेका छन् । खुलेर कुरा गर्ने भएकाले पनि राजावादीहरूले धवल समशेरसँग बढी आशा गरेको बताइन्छ । पूर्व राजा ज्ञानेन्द्रले पनि चैतभित्र ठूलै उथलपथल हुने भएकाले धै’र्यताका साथ आफ्नो कार्यक्रम अघि बढाउन राणालाई धाप मा’रेको कार्यकर्ताहरूको खासखुसमा सुनिन थालेको हो ।आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

Related Articles

Back to top button