काठमाडौ । संखुवासभा धर्मदवी नगरपालिका वडा नं ५ की विमला राई केही समय देखि हराएकी छन् । उनका श्रीमान वलबहादुर दर्नालले श्रीमती हराएको भन्दै खोजीका लागि भन्दै सार्वजनिक रुपमा अभिब्यक्ति दिएका छन् । श्रीमान बदबहादुरले विदेशमा रहेका तेज परदेशी राई भन्ने ब्यक्तिका कारण हराएको आरोप लगाएका छन् । बलबहादुर र विमलाका ठूला छोराछोरी समेत छन् । छोराछोरीलाई घरमै छोडेर उनी हिडेकी हुन् । बलबहादुर कामका लागि नुवाकोटमा थिए ।
घरमा छोराछोरी एक्लै भएको थाहा पाए पछि आफु काम छोडेर आएको बताए । चैत ५ गते सम्म घरमा भएका उनी गाडी लिएर हिँडेका थिए । गाडी लाइनमा काम गर्ने उनी नुवाकोट पुगेका थिए । गाडी लिएर हिडेपछि फोन गर्दा पनि श्रीमती आफुसंग रिसाउने गरेको बलबहादुरको भनाई छ । छोरीको गुन्यु चोली छ म बाहिर जाँदैछु भन्दै वैशाख १५ गते हिँडेको बताए ।
चोकमा गाडी नआउँदा सम्म बाटोमै तेजपरदेशी राईसंग घण्टौं फोनमा कुरा गरेको छिमकीले आफुलाई बताएको बताइन् । आफु गाडीमा हिडिरहने भएकाले घरमा श्रीमतीले के गर्छिन भन्ने थाहा नपाउने गरेको श्रीमानको भनाई छ । ममीलाई जतिबेला पनि फोन आउँथ्यो, ममीले फोन उठाउनु भएन भने पनि उसले गा ली गर्थ्यो छोरीले भनिन् । श्रीमती हिडेको थाहा पाएपछि नुवाकोटवाट आफु आउँदा छोराछोरी एक्लै अलपत्र देखेको बताए ।
विदेशमा रहेका तेज परदेशी राईका कारण आफ्नो श्रीमती हिडेको बताए । डाटा बन्द गरीदिएपछि, फोनमा कुरा गर्न नदिएपछि श्रीमती घरवाट हिडेको बताए । मेरो श्रीमती तपाईका कारणले घरवाट हिड्यो दाई किन मेरो परिवार किन विगारीदिनुभयो भनेर प्रश्न गर्दा तैंले अनावश्यक शंका गरिस् तेरो श्रीमती मैले राखेको छु जे गर्न सक्छन् गर भनेर आफुलाई चेतावनी दिएको बताए ।