News

पशुपति शर्माले गाउँमै बनाए करोडौ लगानीमा घर (भिडियो हेर्नुहोस्)

लोकप्रिय लोकदोहोरी गायक पशुपति शर्माले गाउँमै करोडौ लगानीमा महल जत्रो घर निर्माण गरेका छन।आफ्नै गाउँमा उनले घर बनाएका हुन् भने उनि अहिले राजधानी बस्दै आएका छन।पशुपति शर्माको घरमा पुग्दा निकै रमाईलो समेत भएको छ।उनको बाबा र आमा मात्रै बस्ने घरमा सधै पशुपतिकै मात्र गीत गुन्जिने गर्दछ।

पशुपति शर्मा पछि गाउँनै फर्कने अभियानको साथमा घर बनाएको समेत उनको बाबाले खुलाएका छन भने आमाले पनि आफ्नो छोराको निकै याद आउने र गाउँमै बसिदिए हुने समेत बताएकि छिन।आमाले गीत गाउँदै भनिन ‘छोरालाई गाउँ निकै मन पर्छ जन्मेकै ठाउँमा केहि गरौ भनेर अहिले घर बनाएका हुन्, झन्डै एक करोड खर्चिएर यो घर बनाए तर उनीहरु नै घरमा न हुदा चाहि सुनसान लाग्छ’।

कोरोनाको लहरको समयमा पशुपति शर्मा गाउँमै बसेका थिए।पशुपति शर्माको जेठो दाइ डाक्टर हुन्।दुवै दाजु भाई यो बेला कामको शिलसिलामा बाहिरनै बस्ने गर्छन।पशुपति शर्मा एक प्रख्यात लोकदोहोरी गायक हुन् भने उनले गाएका सबैजसो गीत नेपाली लोकदोहोरी मनहरुले सर्बाधिक रुचाउने गर्दछन।

Related Articles

Back to top button