News

सचिन परियारको अभिनयमा नयाँ गीत सार्वजनिक ( भिडियो हेर्नुहोस् )

काठमाण्डौ बैशाख ३१ : नेपाली लोक दोहोरी क्षेत्रका लागि अशंख्य श्रोता तथा दर्सकहरुका प्रिय कलाकार मौसम गुरुङ्गको नया मौलिक लोकदोहोरी गीत ‘माछी लेवैमा’ भर्खरै मात्र बजारमा आएको छ । प्रस्तुत गीतमा लोकप्रिय गायिका सुनीता बुढा छेत्री र मौसम गुरुङ्गको सुमधुर स्वर सुन्न सकिन्छ ।

मौसम गुरुङकै लय र गोर्खा जिल्ला कै अर्को होनाहार कलकार ओम छिनालको शब्द सृजना रहेको यस गीतको म्युजिक भिडियोमा सचिन परियार, संचिता शाहि, शुस्मिता आले मगर, सज्जन बोहरा, बिमल परियार, हरी सुन्दास, कालिका रोका मगर, कृष्ण बाबु, सुनिता गुरुङ्ग, कृति तिवारी, टेक गुरुङ्ग, बिमला गुरुङ्ग, यश्वरी देबकोटा, कमला गुरुङ्ग, सुनिता ढकाल, श्याम राना, रबिन गुरुंग र सोनु तामांगको आकर्षक अभिनय देख्न सकिन्छ ।

प्रकाश भट्टको निर्देशन रहेको भिडियो अहिले लक् डाउनको समयमा सबैको रोजाईमा परेको छ । नबराज उप्रेतिको छायंकन र प्रबिन भट्टको सम्पादन रहेको ‘माछी लेवैमा’ बोलको गितको म्युजिक भिडियोलाई मौसमले आफ्नै युटुब च्यानल मार्फत सार्बबजनिक गरेेेेेेका छन् ।

Related Articles

Back to top button