HealthNews

संक्रमण घट्दो क्रममा, आज ८५२० जनालाई कोरोना पुष्टि, २०३ जना संक्रमितको मृ’त्यु

काठमाडौं । आज देशभर थप ८ हजार ५२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ९४८ पीसीआर र ५३० जनाको एन्टीजेन परीक्षण गर्दा पीसीआरमा ८ हजार ४६७ र एन्टीजेनमा ५३ जना गरि ८ हजार ५२० जनामा पोजेटिभ देखिएको हो । 

२/३ दिनयता संक्रमितको संख्यामा केही कमी आएको छ । हिजो २० हजार २४४ जनाको परीक्षण हुँदा ८ हजार ९६० जनालाई संक्रमण पुष्टि भएको थियो । अस्ति २० हजार ७८६ जनाको पीसीआर परीक्षण भएकोमा ९ हजार ३०५ जनालाई पोजेटिभ देखिएको थियो । 

पछिल्लो २४ घण्टामा ६ हजार १५३ जना संक्रमणमुक्त भएका छन् भने २०३ संक्रमितको मृत्यु भएको छ । नेपालमा अहिले १ लाख ७ हजार ३३६ जना सक्रिय संक्रमित छन् । आज सरकारले २०३ कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर २०३ संक्रमितको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको हो । यो सँगै कोरोना संक्रमित मृतकको संख्या ४६ सय ६९ पुगेको छ । healthpati बाट साभार

Related Articles

Back to top button