यी हुन् सम्भावित मन्त्रीहरु
काठमाडौं । शुक्रबार प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दलको नेताका हैसियतमा बिहीबार साँझ अल्पमतको प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले आफूले शपथ लिएपछि केही नेतालाई मन्त्री बनाउने तयारी गरिरहेका छन् ।
नयाँ मन्त्रीबारे बालुवाटारमा आफू निकटसँग नेताहरूसँग अहिले ओलीले छलफल गरिरहेका छन् ।
नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री बिहीबारमात्रै पार्टीभित्रको असन्तुष्ट माधवकुमार नेपाल समूहलाई सहमतिमा ल्याएका थिए । नेपाल समूहबाट चार नेतालाई मन्त्री बनाउन लागिएको ओली निकट एक नेताले बताए ।
स्रोतका अनुसार बेदुराम भुसाल, सुरेन्द्र पाण्डे, रामकुमारी झाँक्रीको माधव समूहबाट मन्त्री बन्ने सम्भावना प्रवल छ ।
त्यस्तै वैकल्पिक सरकार बनाउन साथ नदिएको जनता समाजवादी पार्टीको अधयक्ष महन्थ ठाकुर समूहका तीन जनालाई मन्त्री बनाउने भन्दै ओलीले नाम मागेका छन् ।
तर, उक्त समूहले नाम नदिएको स्रोतले बतायो ।