महान घरबेटी जसले लकडाउन भरिको घरभाडा नलिने गरे घोषणा
समाजसेबी शिब पोख्रलले घर भाडा नलिने घोशणा गरेका छन्। कोरानाको कारण सबै अस्तव्यस्त भएको कारण बुटवल तिलोतमा नगरपालिका – ३ नगरपालिकामा रहेका घरको चैत महिनाको भाडा नलिने बताएका हुन्। बुटवल – ६ ज्योति पथमा ब्यबसाय गर्दै आएका समाजसेबी सिब पोख्रेलले एक बर्ष लकडाउन लम्बिने भयो भने आफुले घर भाडा नलिने बताएका छन्। कोरोनाले सबै क्षेत्र अस्तव्यस्त भएको यस्तो अवस्थामा प्रचारप्रसार नभएर मानबनिम्ति पनि मैले घर भाडा नलिने घोषणा गरेको हु, पोख्रल बताउछन्। पछिल्लो समयमा टिकटक मा भाइरल बनेका पोख्रेलले यस्तो अवस्थामा प्रत्यक घरधनीले छुट गर्न समेत अनुरोध गरेका छन्।
यस्तै ,कोरोना भाइरस संक्रमण समुदाय स्तरमा नै फै’लिएपछि पर्वतमा आजदेखि जिल्लाभर नि’षेधाज्ञा लागू गरिएको छ। मंगलबार राति १२ बजेदेखि जेठ ७ गतेसम्म निषेधाज्ञा जारी गरिएको हो। यसअघि जिल्ला सदरमुकाम रहेको कुस्मा नगरपालिकाको वडा नम्बर ४, ५, ६ र ७ मा मात्र लागु गरिएको थियो। जिल्लाका ग्रामीण क्षेत्रमा समेत संक्रमितहरू भेटिँदै गएको र सवारी साधनहरू विभिन्न बहानामा ग्रामीण क्षेत्रबाट सदरमुकाम आउजाउ गर्दा जोखिम उच्च बन्दै गएकले जिल्लाभर नि’षेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीद्वारा जारी सूचनामा उल्लेख छ।
नि’षेधाज्ञा अवधिमा अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कन र हिँड्डुल गर्न रोक लगाइएको उल्लेख छ। यस्तै मठमन्दिर तथा धा’र्मिक स्थल बन्द रहनेछन्। विवाह र मृ’त्यु संस्कारमा १० जना मात्रै सहभागी हुन पाइने जनाइएको छ। अत्यावश्यक सेवाबाहेकका पसल बन्द गर्ने, सरकारी कार्यालयमा न्यूनतम कर्मचारी उपस्थित भएर सेवा प्रवाह गर्ने, सार्वजनिक तथा निजी सवारी साधन चलाउने रोक लगाउने, विकास निर्माणका काम नरोक्ने तर कार्यस्थलमै मजदुरलाई खाने, बस्ने व्यवस्था गर्ने, लघुवित्त, सहकारी तथा बिमा कम्पनी बन्द गर्ने लगायत निर्णय भएका छन्।
औषधि तथा स्वास्थ्यका सामग्री पसल २४सै घण्टा खुला राख्न दिने, एम्बुलेन्स, शव वाहन, दमकल, खाद्य सामग्री, निर्माण सामग्री, दुध, पानी, पेट्रोल आदि बोकेका सवारीसाधनसहित सञ्चारकर्मी, सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, सञ्चालनमा रोक नलगाउने प्रशासनले बताएको छ। विवाहका लागि चलेका सवारीमा दुलाहा–दुलहीसहित बढीमा पाँचजना भन्दा बढी सवार भएमा त्यस्ता सवारीलाई नियन्त्रणमा लिने प्रशासनले बताएको छ। खाद्यान्न पसल बिहान ७ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म मात्र खोल्न पाइने व्यवस्था गरिएको छ।