HealthNews

कोरोना कहर: बाँकेमा ३७६ को मृ’त्यु

बाँके । बाँकेमा कोरोना सङ्क्रमणबाट हालसम्म ३७६ जनाको ज्या’न गएको छ । बाँकेका २१३ जना र बाहिरी जिल्लाबाट यहाँका अस्पतालमा उपचार गराउन आएका १६३ गरी आजसम्म ३७६ जनाको मृ’त्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार २०७७ साल जेठ ३ गतेदेखि मृत्युको सिलसिला शुरु भएको भएको थियो । कोरोनाको दोस्रो लहर शुरु भएपछि धेरैले ज्यान गुमाएका छन् । पछिल्लो दिनमा बाँकेको नेपालगञ्जस्थित भेरी अस्पताल र कोहलपुरस्थित शिक्षण अस्पतालमा बाँके र बाहिरी जिल्लाका १२ देखि १७ जना सङ्क्रमितको उपचारकै क्रममा एकैदिन मृ’त्यु हुने गरेको छ ।

पश्चिम नेपालमै कोरोना उपचार केन्द्र बनेको भेरी अस्पताल र शिक्षण अस्पताल कोहलपुरमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका साथै कर्णाली र सुदूरपश्चिम जिल्लाका अस्पतालबाट दैनिक ठूलो सङ्ख्यामा बिरामी प्रेषण भई आउने गरेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले बताउनुभयो ।

पछिल्लो पटक गएराती बाँके, बर्दिया र दाङका गरी थप नौ जना कोरोना सङ्क्रमितको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं १ निवासी ४३ वर्षीया महिला, बर्दिया राजापुर नगरपालिका वडा नं ६ निवासी ५६ वर्षीया महिला र बर्दिया गुलरिया नगरपालिका वडा नं निवासी ३२ वर्षीया महिलाको गएराति उपचारको क्रममा मृ’त्यु भएको हो ।

यसैगरी शिक्षण अस्पताल कोहलपुरमा उपचाररत दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं ६ निवासी ४३ वर्षीय पुरुष, बैजनाथ गाउँपालिका वडा नं ६ निवासी ६४ वर्षीय पुरुष, दाङ तुलसीपुर उपमहानगरपालिका वडा नंं ५ निवासी ३५ वर्षीया महिला, डुडुवा गाउँपालिका वडा नं ३ बाँके निवासी ५० वर्षीया महिला, नरैनापुर गाउँपालिका वडा नं ५ बाँके निवासी ४२ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका वडा नं १२ निवासी ७५ वर्षीया महिलाको गएराति मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले बताउनुभयो ।

Related Articles

Back to top button