HealthNews

कोरोनाबाट नेपाल प्रहरीका असई देवीबहादुर पुरीको नि’धन

काठमाडौं । कोरोनाबाट नेपाल प्रहरीका असई देवीबहादुर पुरीको निध’न भएको छ । महानगरीय अप’राध महाशाखामा अन्तरगर्त पिसिसिबी ठिमीमा कार्यरत पुरीको बिहिवार विहान निध’न भएको हो । उनको घर सिन्धुपाल्चोकको जुगल गाउँपालिका मा रहेको महानगरीय अप’राध महाशाखाले जनाएको छ ।

स्वास्थ्यमा समस्या आएपछि उनी वैशाख १८ बाट महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचारार्थ थिए । तर उनको स्वास्थ्यमा सुधार नआई विहिवार विहान नि’धन भएको अप’राध महाशाखाका एसएसपी चन्द्रकवेर खापुङले बताए । अ’पराध महाशाखामा आउनुअघि उनी गृह मन्त्रालयमा कार्यरत थिए ।(ताजा खबर बाट)

यो पनि: प्रकाश सपुतको कोरोना अनुभव
म गीतमार्फत एउटा ‘अनागरिक’का रुपमा यो राज्यसँग, यो देशसँग, यहाँका नागरिकसँग, सबैसँग प्रश्न गर्ने तयारीमा थिएँ, ‘मेरो पनि हैन र यो देश ?’

गीत सम्पादनको क्रममा थियो। म कुर्सीमा बसेर जतिबेला गीत हेरिरहेको हुन्थेँ, भिडियोमा आफूलाई निकै फुर्तिलो र जोशिलो पाउँथे। तर यथार्थमा भने शारी’रिक रुपमा एकदमै कम”जो’र महसुस गरिरहेको थिएँ। कुर्सीमा बस्दा व्याकपेन भइरहेको हुन्थ्यो। यसरी दुई दिनजसो निरन्तर शरीर एकदमै गल्ने, एकदमै थकान महसुस भइरह्यो।

देशमा कोरोनाको दोस्रो लहर फैँलदै थियो। तैपनि मैले यी लक्षणहरुलाई टेरिनँ। लाग्यो– सायद कामको धपेडीले यस्तो भएको हो।

त्यसपछि अर्को एकदिन श’रीर साह्रै दु’ख्यो। राति एकदमै धेरै छट्प’टी भयो, सु’त्नै नसक्नेगरी। छातीमा घरीघरी के आएर बसेजस्तो ! अबचाँहि मलाई शं’का भयो। भोलिपल्टै कोरोनाको पीसीआर टेस्ट गराएँ। परिणाम पनि अनुमान गरेजस्तै आयो– पोजिटिभ।

पोजिटिभ देखिएपछिको चारदिन मलाई निकै स’कस भयो। ज्व’रो आएन, खो’की लागेन तर श’रीर निकै दु’ख्यो।
मनमा अनेक किसिमको सोच आइरहने। आँत क’मजोर हुने। एन्जाइटीजस्तो ! ड’रजस्तो ! म त म’र्छुजस्तो लाग्ने ! यो कोरोनालाई म सहजै जि’त्छु भने पनि मान’सिक रुपमा यसले कम’जोर भने बनाउने रहेछ।

चार रा’त म सु’त्नै सकिनँ। होम आइसोलेसनमै बसेँ। औषधि केही चलाइनँ। अलिकति दूरीमा बसेँ। सु’त्न नसके पनि सुत्ने प्रयास गरिरहेँ। स्वादै नआए पनि झन धेरै खाना, झोलहरु खाने प्रयास गरिरहेँ।

यो बीचमा मन कतै नअडिने भने भइरह्यो। तर, भर्खर गीत रिलिज भएको थियो। सकारात्मक प्रतिक्रिया आइरहेका थिए। बि’रामी अवस्थामा त्यस्ता प्रतिक्रियाले अलिकति भए पनि औ’षधिको काम गर्ने रहेछ। मा’नसिक रुपमा म अलिअलि त्यता पनि बाँधिए। त्यसले गर्दा पनि म चाँडै को’रोनामुक्त भए कि भन्ने पनि लाग्छ।

यो बीचमा आफ्नो बि’रामी अवस्थालाई भुलाउन, मा’नसिक रुपमा बलियो बनाउन मैले नेटफ्लिक्समा चलचित्र, सिरिजहरु हेरेँ। शरी’रको पो’जिसन मिलाउन गा’ह्रो हुन्थ्यो, त्यसैले किताबचाँहि पढ्न सकिनँ।

यसरी कोरोना पोजिटिभ देखिएको पाँचौ दिनपछि मैले आफूलाई सन्चो महसुस गरेँ। लाग्यो, अब मैले कोरोनालाई जितेँ। ६ दिनपछि टेस्ट गराउँदा परिणाम पनि नेगेटिभ नै आयो।

मेरो अनुभूतिमा कोरोनाले ग’लाउन त निकै गलाउँछ तर मा’नसिक रुपमा आफूलाई बलियो राख्न सकियो भने जितेरै छाडिन्छ। खासगरी मन भूलाउन सक्नुपर्ने रहेछ। म कोरोना संक्रमित हुँ, बिरा’मी छु भन्ने सोचबाट आफूलाई पर लाने प्रयत्न गर्नुपर्ने रहेछ।

मलाई संक्रमण भएको केही समयपछि मेरो भाइ देबेन्द्र बब्लुमा पनि संक्रमण भयो। हामी दुवै अहिले निको भयौँ तर गाउँमा आमा अझै संक्रमित हुनुहुन्थ्यो। त्यसैले हामी दुवै बागलुङस्थित गाउँमा आइसकेका छौँ।

आमालाई गाउँकै नगरपालिकाले व्यवस्थापन गरेको आइसोलेसनमा राखिएको छ। अहिले उहाँलाई हिजोअस्तिजस्तो अक्सिजन दिनुपरेको छैन। ख’तरामुक्त हुनुभएको छ। यसपाली आमाको मुख हेर्ने दिन पनि नगरपालिकाको आइसोलेसनमै मनाइयो। दूरी कायम गरेरै भए पनि आमालाई माया र कृतज्ञता प्रकट गर्‍यौँ।

संक्रमित भएका बेला ५ वर्षकी मेरो छोरी प्रविष्टीसँग दूरी कायम गर्नुपर्दा मलाई निकै पी’डा भएको थियो। सायद आमालाई पनि त्यस्तै महसुस भयो।

कोरोना संक्रमित हुँदा मनमा जीवनप्रति विभिन्न दृष्टिकोण आउने रहेछन्। तातो पानी खाएर, झोल खाएर छुट्टै बस्नुपर्ने। आखिर जीवन के नै रहेछ र ! कति देश घुमियो, त्यहाँको स्वतन्त्रता, त्यहाँ गीत गाएको क्षण, रमाएको क्षण, उडेको क्षण सबैसबै मिस हुनेरहेछ।

म जहाँ दौडिरहेको थिएँ, जहाँ हिडिरहेको थिएँ, त्यहाँबाट आज अचानक यसरी थे’चारिनु पर्दाखेरी मनमनै लाग्ने रहेछ– कतै म धेरै पो दोडिएछु कि ! हुन त मैले मात्रै होइन, यो म’हामा’रीलाई सारा संसारले सामना गरिरहेको छ, त्यही पनि त्यस्तो लाग्ने रहेछ।(अनिल यादवसँगको कुराकानीमा आधारित)

त्यस्तै प्रकाश सपुत आफ्नो फेसबुकमा लेख्छन्:
” कोरोना भाईरस आफैमा भ’या’नक छ । अझै परिवारमा कोहि सं’क्रमित भएपछि यसले पार्ने मा’नसिक अ’सर र पि’डा अझै भया’नक हुने रहेछ । यधपि कोरोना जित्न सकिन्छ है । आत्मबल राखौ । हौसला राखौ । सतर्कता अपनाउ । सुरक्षित र सकरात्मक रहौ । हाम्रो ५६ वर्षीय बाबा र ५३ वर्षीय आमाले पनी लगभग कोरोना जित्नु भएको छ । सदरमुकाममा रहेको अस्पताल सम्म लैजान समयमै निःशुल्क एम्बुलेन्स व्यवस्थापन गर्नुभएको मा स्वास्थ्य व्यवस्थापनको टिम सहित काठेखोला गाउ पालिका (अध्यक्ष अमर थापा ) लाई धन्यबाद । गाउ स्तरमा यत्तिको प्रयास धेरै राम्रो हो । हामी काठमाण्डौ बाट आउन यात्रा अनुमती सिफ़ारिश गरिदिने वडा कार्यालय धम्जा (अध्यक्ष याम श्रिष ) लाई धन्यवाद । स्वास्थ्य जाँच र उचित सल्लाहका लागि अञ्चल अस्पताल बागलुङ का स्वास्थ्यकर्मीहरु प्रति आभारी छौ ।

विशेष त आफ्नै भवनमा अक्सिजन र निःशुल्क भोजन सहितको आईशुलेशन व्यवस्थापन गरेको मा बागलुङ नगरपालिका लाई विशेष धन्यबाद । नगर बासी मात्र होईन संक्रमित भई अफ्ठ्यारोमा परेका जो कसैलाई आफ्नो अर्काको नभनी आईशुलेसन व्यवस्थापन गरि सहयोग गर्नु भएकोले स्थानीय तहमा सरकार रैछ है भन्ने अनुभुती भयो । नगरप्रमुख ( मेयर ) जनक शर्मा सर लगायत सबै लाई धन्यबाद । देशै भरी स्थानीय तहले कम्तीमा यत्तिको तयारी गर्नु हुन आग्रह पनी छ । दिल शिरिष दाई, खिम बिक सर, टिका संगम मामा, विष्णु छामा, दिनेश जि़शी सर, शिखर होटल , होटल पिस प्यालेस, हिमाल श्रेष्ठ दाई लगायत सबै प्रति विभिन्न सहयोगको लागि आभारी छौ । पहिलो कुरा त आफु सतर्क रहौ । र सतर्कता अपनाएर आफ्नो ठाउमा सक्दो सहयोग र हौसला प्रदान पनी गरौ । सबै सबैमा धेरै धन्यबाद । धेरै माया ।

Related Articles

Back to top button