News

भाइरल बेहुली श्रीमानसंगै पहिलो पटक मिडियामा, उनका बेहुला झनै रमाइला (भिडियो)

काठमाडौ। केही समय यता एक भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा भिडियो जुन टिकटकमा निकै भाइरल भएको छ । ति युवती अहिले पहिलो पटक मिडियामा आएकी छन् । उनी श्रीमानसंगै मिडियामा सार्वजनिक भएकी हुन् । उनका श्रीमान झन रमाइला रहेछन्।

विवाह गरेर धनगढीवाट कास्की पोखरा पुगेकी छन् । एक दुलही पहिरनमा रहेकी युवती सुदुरपश्चिमा लवजमा भन्छिन्, ‘पर्सी आइ हाल्न्या हुँ खिरपुरी बनाइराख्नु । अचार पनि, धेरै खान्या हुँ । हिजो कम खाँ हुँ नि मैले । धेरै खान्या हुँ । नरुनु।’

उनले यसो भनेर आफ्नो आमालाई सम्झाएकी हुन् । विदाईको बेलामा आमा रोइरहेको बेलामा बेहुलीले यसो भनेर आमालाई सम्झाउँदा यसो भनेकी हुन् । उनले भनेको यो कुरा अहिले निकै भाइरल भएको हो । उनका श्रीमानले आफ्नो विवाहमा यस्तो होला भन्ने कल्पना समेत नगरेको बताए।

विवाह पछि आफ्ना साथीहरुले श्रीमती भाइरल भएको थाहा पाएको बताए । अहिले ती बेहुली माइत गएर आमाको हातले बनाएको खिर पुरी खाइ सकेकी छिन्, त्यो पनि आफ्नै आमाको हातले खुवाएको भिडियो देख्न सकिन्छ।

ती सामाजिक सञ्जालमा भाइरल दुलहीको माइतीघर धनगढी हो । धनगढी उप–महानगरपालिका–५ हसनपुरकी शान्ति शर्मा मुडभरीको मंसिर २२ गते विवाह भएको थियो।

माइतीघरबाट जन्ती बिदाइ गर्ने बेला शान्तिकी साथी सारा मल्ल ठकुरीले उनलाई सरप्राइज दिन जानकारी समेत नदिएर त्यो भिडियो कैद गरेकी थिइन्।

उनले अहिले आफुलाई धेरैले चिन्ने गरेको बताइन् । सबैले मलाई तिमी त्यही बेहुली हो है भन्दै सोध्नुहुन्छ मलाई खुसी लाग्छ । श्रीमानको परिवारका सदस्य पनि भिडियो हेरेर निकै खुसी भएको बताइन्।

https://www.youtube.com/watch?v=49w4cqLOMYQ

Related Articles

Back to top button