News

नयाँ लाइसेन्सको अनलाइन आवेदन खुल्यो, यसरी भर्नुहाेस् फारम

काठमाडौं । यातायात व्यवस्था विभागले मंगलबारबाट ६ महिनादेखि रोकिएको नयाँ सवारीचालक अनुमति पत्र (लाइसेन्स)का लागि अनलाइन आवेदन खुला गरेको छ । विभागले गत साता नै आवेदन खुला गर्ने तयारी गरे पनि प्राविधिक समस्याले गर्दा मंगलबारबाट खुला गरेको विभागले जनाएको छ ।

सेवाग्राहीले अब यातायात व्यवस्था विभागको अनलाइन आवेदनबाट नयाँ लाइसेन्स लिने प्रक्रियाअघि बढाउन सक्नेछन् । विभागका अनुसार सेवाग्राहीले यातायात विभागकाे वेबसाइटमा  गएर नयाँ लाइसेन्सका लागि आवेदन दिन सक्नेछन् । कोभिड–१९ संक्रमणका कारण सात महिनादेखि लाइसेन्सको नयाँ आवेदन यही सातादेखि खुल्ने भएको छ । पहिला नै आवेदन दिएका सेवाग्राहीहरूको लिखित तथा प्रयोगात्मक परीक्षा गत भाद्र २० गतेदेखि सञ्चालन हुँदै आएको छ ।

अधिकांश आवेदकहरूको परीक्षा सकिएकाले लाइसेन्सको नयाँ आवेदन यसै साता खुल्ने यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसाल बताउनुहुन्छ ।
७ लाखले दिएको आवेदन सकेर मात्रै नयाँ आवेदन खोल्ने बताएको विभागले आफ्नै निर्णय संशोधन गरेको छ । देशभर २१ वटा यातायात व्यवस्था कार्यालय छन् । जसमध्ये काठमाडौं उपत्यकामा मात्रै ४ वटा छन् ।

पुराना आवेदकहरूको परीक्षा सकिन लागेको कार्यालयहरूमा काम नभएर खाली बस्नुपर्ने अवस्थालाई मध्यनजर गरी नयाँ आवेदन खोल्ने परिस्थिति बनेको विभाग बताउँछ ।

अहिले विज्ञापन खुलेर नयाँ आवेदन दिनेहरूको ट्रायल दिने पालो चार महिनापछि मात्र आउने विभागले जनाएको छ । यद्यपि आफूहरू छिट्टै गर्ने प्रयासमा रहेका उहाँले बताउनुभयो ।

तर, उपत्यका बाहिरबाट आवेदन दिनेहरूको पालो भने चाँडै आउने विभाग बताउँछ । विभिन्न प्राविधिक कठिनाइ देखाएर सरकारले लाइसेन्स वितरण ठप्प गर्दा सेवाग्राही मारमा पर्दै आएका थिए ।

Related Articles

Back to top button