चर्चित गायिका सुनिता बुढा छेत्री र मौसम गुरुङको आवाजमा ” रुमाल हातैमा” -भिडियो सहित
नेपाली लोक दोहोरी क्षेत्रका लोकप्रि गायक मौसम गुरुङ,सुनिता बुढा छेत्री,रिना थापा र रेशम बिकको आवजमा मौलिक दोहोरी गीत ‘रुमाल हातैमा’ बजारमा आएको छ ।दोहोरीमा सबै भन्दा पृथक र मिठो आवाज भएका मौसम गुरुङको प्रायजसो गीत मौलिकनै आउने गर्छन।
ओम छिनालको लय र शब्द सृजनामा रहेको उक्त गीतले यो बेला आम नेपालीको मन जितेको छ।दोहोरीमा सबैजसो फरक गीत गाएर चर्चामा आउने गर्छन सुनिता र मौसम।यी जोडीले आवाज दिएका यस अगाडिका गीतहरु पनि निकै चर्चामा रहेको छ।गीतमा मौलिकतालाइ बिशेष ध्यान दिने गर्छन मौसम।
गीतमा करिश्मा ढकाल ,आनन्द गुरुङ,लक्ष्मी गुरुङ,सन्तोष राना,बिनिता गुरुङ,आयुष गुरुङ र श्रीष्टि गुरुङको उत्कृष्ट अभिनय रहेको छ।भिडियो निर्देशन भने चर्चित निर्देशक दिप गुरुङले गरेका हुन्।सितल सिजन डिजिटलको प्रस्तुति रहेको गीत मौसम गुरुङ युटुब च्यानल मार्फत बजारमा आएको छ।भिडियो हेरौ :