News

भरतमणि र पूर्वयुवराज पारस बीच भेट , भरतमणि भन्छन् : उहाँ सारै रमाइलो साथी जस्तै हुनुहुँदो रहेछ

काठमाडौँ : कमेडी च्याम्पियन सिजन २ को लगभग अन्तिम प्रतिस्पर्धामा भरतमणि पौडेलले पूर्वयुवराज पारस शाहको क्यारिकेचर गरे । उनले गरेको क्यारिकेचर हुबहु मिलेको भन्दै धेरैले मन पराए ।

पौडेलले केही दिनअघि भेटघाट भए पनि मंगलबार बिहान मात्र दुईबीच भेट भएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । उनले पूर्वयुवराज शाह निकै रमाइलो भएको जानकारी दिएका छन् ।

पौडेलले पारससँग शुक्रबार अपराह्न ५ बजेतिर शेर्पा मलस्थित ओपनियन रेस्टुरेन्टमा भेट भएको न्युज कारखानालाई जानकारी दिए । उनी पूर्वयुवराज पारस शाहकै क्यारिकेचर गरेर कमेडी च्याम्पियनमा चर्चित बनेका थिए । जसलाई धेरैले मन पराएका थिए ।पारसको सोही क्यारिकेचरको बलमा भरतमणि कमेडी च्याम्पियनको विजेता भएको पनि भन्ने गरिन्छ ।

पारसको क्यारिकेचर गरेर विजेता भएपछि भरतमणिको चर्चा सर्वत्र चुलियो । उनले धेरै अन्तवार्ता दिए । जसमा उनले आफू पारसको प्रशंसक रहेको बताउने गरेको थिए । यद्यपि, हालसम्म भेट्न भने नपाएको बताउँदै आएका थिए ।
अन्ततः भरतमणिले पारसलाई भेट गरेका छन् । आफूले पारससँग गत शुक्रबार भेट गरेको खुलासा भरतमणिले आज सामाजिक सञ्जालमार्फत गरेका हुन् ।

‘एकदमै खुसी छु केही दिनअघि पूर्वयुवराज पारस शाहसँग भेट्घाट गर्ने अवसर मिल्यो, लगभग एक घन्टाको बसाइमा रमाइलो गफगाफ भयो’, भरतमणिले फेसबुकमा पारससँगको तस्बिर शेयर गर्दै लेखेका छन्, ‘उहाँको शुभचिन्तक थिए भेटघाट पछि झन् ठूलो प्रसंशक भए , साच्चैनै भन्ने हो भने उहाँ सारै रमाइलो साथी जस्तै हुनुहुँदो रहेछ । यो अवसर मिलाइदिनु हुने मुनेन्द्र सरलाई धेरै धेरै धन्यवाद !’

काठमाडौंको दरबारमार्गस्थित शेर्पा महलमा भेटेलगत्तै पूर्वयुवराज पारसले आफूलाई फन्नी फन्नी भनेको भरतमणिले बताए । आफू अर्का कमेडियन सुमन कोइराला (दले दाइ)सँग गएको उनले जानकारी दिएका छन् ।

‘साँझ ५ बजेदेखि एक घण्टा बस्यौं, उहाँले मेरो भिडियोे हेर्नु भएको रहेछ, एकदम रमाइलो लाग्यो भन्नुभयो । अनि आफ्नै स्टाइलमा उत्साह दिँदै भन्नुभयो– फन्नी फन्नी किप इन टच’, भरतमणिले पारससँगको भेटको अनुभवबारे भने ।

पूर्वयुवराज पारसको सादगी जीवन देखेर आफू प्रभावित भएको भरतमणिले बताएका छन् ।

मलाई त एकदम मन प¥यो, उहाँको सादगी जीवन देखेर’, भरतमणिले भने, ‘मानौं, वर्षौदेखि उहाँको र मेरो चिनजान छ झै लाग्यो । दले दाइ र म यताबाट थियौं भने उहाँ र मुनेन्द्र दाइ हुनुहुन्थ्यो । खाजा सँगै खाइयो । जे होस् त्यो भेट मेरा लागि ऐतिहासिक र रमाइलो थियो ।’

Related Articles

Back to top button