Entertainment

पल र समीक्षा दुवै जनाले खोले मुख, वास्तविकता यस्तो रहेछ

काठमाडौं – पछिल्लो समय अभिनेता पल शाह र गायिका समीक्षा अधिकारी निकै चर्चामा छन् । यी दुईको सम्बन्धलाई लिएर केही समययता विभिन्न कुरा हुन थालेको छ ।
उनीहरूबीचको अन्त रंग सम्बन्धबारे चर्चा चल्न थालेपछि यी दुईले आआफ्नो स्पष्टीकरण दिएका छन् । केही समयदेखि मिडियासँग समेत साक्षात्कार गर्न डराइरहेका उनीहरुले यसबारे अन्ततः बोलेका छन् ।

एक सातायता चर्चामा रहेका यी दुईको सम्बन्धको विषयमा गसिप र समाचार आउन थालेपछि समीक्षा र पलले सामाजिक सञ्जालमार्फत आफ्नो सम्बन्ध बारे बताएका छन् ।

पलले आफुलाई हुँदै नभएको र नगरिएको आ रोप लगाइएको बताएका छन् । उनले पछिल्लो केही दिनयता आएका खबरले मेरो शुभचिन्तकसँगै परिवारलाई समेत दु:खी बनाएको बताएका छन् ।

यस्तो छ पल शाहको भनाइ – देश विदेशमा रहनुभएका सम्पूर्ण मेरा दर्शक स्रोताज्यूहरूमा हार्दिक सम्मान अनि धेरै माया। विगत केही दिनदेखि मेरो र गायिका समीक्षा अधिकारीको विषयमा आइरहेका समाचारबाट मलगायत मेरो परिवार अनि मलाई माया गर्नुहुने सिंगो दर्शकदीर्घ नै दुःखी बनेको महसुस हामीले गरेका छौ । जुनसुकै क्षेत्रमा काम गर्दा पनि केही व्यक्ति समूह कहीँ न कहीँ कुनै न कुनै प्रकारले नजिक हुने गर्छ, यो हामी सबैलाई थाहा भएकै कुरा हो। मेरो पेसा र विधाका कारण म धेरै मान्छेहरूसँग सहकार्य गर्नुपर्ने हुन्छ र मसँग जोडिनुहुने मेरा अग्रज, अनुज र सहकर्मीहरूमाझ मैले सदैव आफूलाई सहज र सहयोगी तवरले प्रस्तुत गरिरहेको हुन्छु।

अरु कलाकारहरूसँग जस्तै र अरुले जस्तै सांगीतिक सहकार्य गायिका समीक्षा अधिकारीसँग पनि भएको कुरा यहाँहरूलाई विदितै छ। हुँदै नभएका, गर्दै नगरिएका, बिनाआधारका कुराहरूलाई गसिप बनाएर एउटा कालाकार र उसको व्यक्त्तिगत जीवनमाथ िआँच आउने किसिमले लेखिएका झु टा समाचारहरूले मलाई अत्यन्तै दुःखी बनाएको छ। यसरी कसैको व्यक्त्तिगत प्रतिष्ठा र चरित्र हत्या हुने गरी बदनाम गर्ने गरी समाचार नबनाइदिनुहुन सम्पूर्ण मिडियाकर्मीज्यूहरूलाई हार्दिक अनुरोध गर्दछु।

मैले सधैं दर्शक स्रोता मेरो घर अनि मिडियालाई आफ्नो परिवार मानेको छु र सदैव मानिरहने छु। यही घर परिवारको माया, आशीर्वाद र शुभेच्छाको कारणले गर्दा नै म यहाँसम्म आइपुगेको छु। मैले जानेर नजानेर कसैको चि’त्त दुखाएको छु भने म यसै पोस्टमार्फत हार्दिक माफी माग्दछु। गायिका समीक्षा अधिकारी र मेरो बीचमा भएको मित्रता र सहकार्यलाई अन्य अन्य तथानम शीर्षक दिएर सिंगो पत्रकारितालाई पनि ब’दनाम गर्ने र हाम्रो च रित्रह त्या हुने कार्य नगरिदिनुहोला ।

यस्तै समीक्षाले पनि सामाजिक सञ्जालमार्फत पलसँग जोडिएर आएको समाचारहरू क’पोकल्पित रहेको बताएकी छिन् । उनले पलसँगको सम्बन्धलाई तोडमोड गरेर आएको समाचारले आफ्नो च रित्रह त्या भएको बताएकी छिन् ।

यस्तो छ समीक्षाको भनाइ – मलाई समीक्षा अधिकारी बनाउनु हुने मेरा सम्पूर्ण दर्शक स्रोताज्यूहरुमा हार्दिक नमन गर्दछु। पछिल्लो समय मेरो बारेमा नायक पल शाहज्यूसँग जोडेर हुँदै नभएको कपोलकल्पित समाचारहरू आएका छन्, यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। समाचारमा मेरो र पलजीको सम्बन्धलाई तोडमोड गरेर तु,च्छ प्रकारका कुराहरू मेडियामा आएका छन्, जसले मेरो च रित्रह त्या भएको छ।

यसका साथसाथै पलजीको क्यारिअरमाथि आँच आउने किसिमले सस्तो प्रचार बाजी गरिराको छन्। यसो नगर्नु हुन अनुरोध गर्दछु। बिनास्रोत अफवाहमा लेखिएका यी समाचारले हामीलाई सामाजिक र चारित्रिक रूपमा निकै नै असर पुर्याएको छ, यस कुराप्रति म र मेरो परिवार खेद प्रकट गर्दछौ । एउटै इन्डस्ट्रिजमा भएको हिसाबले पलजीले मलाई अभिभावकको हिसाबले माया गर्नुहुन्छ । मेरो कला र क्षमतालाई माया संरक्षण गर्नुहुन्छ म उहाको सदैव फ्यान पनि हुँ। र, हजुरहरूको माया रहेसम्म सधैं राम्रो काम गरिरहने छौ। राष्ट्रको चौथो अंग मानिएको पत्रकारिताका अग्रज र दिग्गज अभिभावकहरूले पनि यसरी मानहानि र च रित्रह त्या हुने किसिमले लेखिएका समाचारले निकै दुःखी छु। मैले यो अपेक्षा गरेको थिएन ।

म जे छु जहाँ छु, यो सब मेरा भगवानरूपी दर्शक स्रोताको देन हो र हजुरहरूलाई कुनै पनि कुराले निराश गर्न सक्दिनँ र गर्ने छैन। मेरो बारेमा मिडियामा आएका झु टा समाचारहरूप्रति घोर निन्दा गर्दछु र हजुरहरू यसको पछाडि नलाग्नुहुन हार्दिक अनुरोध गर्दछु। अन्त्यमा सम्पूर्ण पत्रकारज्यूहरूलाई पनि हार्दिक निवेदन गर्न चाहन्छु, कसैको व्यक्त्तिगत जीवनमा आँच आउने मानहानि तथा चरि’त्रहीन हुने किसिमको समाचार नबनाउनु होला।

केही समययता पल र समीक्षाको प्रेमको चर्चा छ । पछिल्लो समय पलको म्युजिक भिडियोमा व्यस्तता अत्यधिक छ । तर, यो चर्चा चलेयता उनले इभेन्टमा सहभागिता जनाउन छाडेका छन् ।

Related Articles

Back to top button