News

काठमाडौं कोठा भाडा लिएर बस्नेहरुको लागि आयो यस्तो सूचना, घरबेटीहरु झस्किए

काठमाडौँ – सरकारले जारी गरेको सूचनाले काठमाडौं लगायत देशभरका घरबेटीहरुलाई झस्काएको छ । सरकारले भाडामा बस्ने सबैको परिचयपत्र माग्न घरधनीहरुलाई निर्देशन दिएको हो ।

११ जना अफगान नागरिक भारतको बाटो हुँदै भैरहवाबाट काठमाडौं आएको थाहा भएपछि सरकारले यस्तो निर्देशन दिएको हो । उनीहरु ‘शरणाथी’ बनेर लुकिछिपी बसेको खुलेपछि गृह मन्त्रालयले कोठा भाडामा लगाउँदा अनिवार्य रुपमा घरबहालमा बस्नेको परिचयपत्र माग्न सार्वजनिक रुपमै अपिल गरेको हो ।

गृहले परिचयपत्र बिनाका कसैलाई पनि काममा नलगाउन पनि आग्रह गरेको छ । गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘कतिपय विदेशी नागरिक परिचय लुकाई अनधिकृत रुपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास भइरहेको बझिएकोले पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनैपनि व्यक्तिलाई घर, अपार्टमेन्ट, फल्याट, कोठा आदि भाडामा नदिन र त्यस्ता व्यक्तिहरुलाई कामकाजमा समेत नलगाउन सबैमा अनुरोध गरिन्छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘साथै कोही पहिचान नखुलेका विदेशी नागरिकहरु देखिए वा भेटिएमा नजिकको प्रहरी कार्यालयमा खबर गरी सहयोग गरिदिनु हुनसमेत अनुरोध छ ।’ भारतको सुनौलीबाट रुपन्देहीको बेलहिया नाका हुँदै गैरकानुनी रुपमा नेपाल भित्रिएका ११ अफगान ‘शरणार्थी’ सोमबार सिनामंगलबाट पक्राउ परेका थिए ।

प्रहरीले उनीहरुलाई प्रारम्भिक अनुसन्धान गरी थप कारबाहीका लागि अध्यागमन विभागको जिम्मा लगाएको छ । कात्तिक ४ र असोज तेस्रो साता उनीहरु बेलहिया नाकाबाट नेपाल प्रवेश गरेका थिए ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)को संयुक्त प्रयासमा एकै परिवारका ५ सहित ११ अफगान नागरिक सोमबार सिनामंगलस्थित एक होटलबाट पक्राउ परेका थिए । अध्यागमन विभागले उनीहरुमाथि विदेशी नागरिक नियमन गर्ने सम्बन्धी प्रचलित कानुन अनुसार कारबाही हुने जनाएको छ ।

Related Articles

Back to top button