वैदेशिक रोजगारीमा गएका ९ हजार ४ सय २४ जना नेपालीको अकालमै मृत्यु (भिडियो)
देशमा रोजगारी नपाएपछि विदेशिनेहरूको लामो लाइन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिनहुँ देखिन्छ ।परिवारको सुखका लागि ऋणको भारी बोकेर विदेशिने नेपालीहरूले विदेशमा पनि अनेक दुखकष्ट सहनु परेको छ । सस्तो श्रम गर्नुपर्ने, शारीरिक शोषणमा पर्नुपर्ने बाध्यतादेखि अनाहकमा ज्यान गुमाउनु पर्ने नियति वैदेशिक रोजगारीमा गएका नेपालीहरूले भोगिरहेका छन् । नागरिकलाई स्वदेशमै गरिखाने वातावरण नदिने राज्यले विदेशिएका नागरिकहरू कस्तो अवस्थामा छन् भन्ने बारे चासो समेत देखाउन भ्याँउदैन ।
वैदेशिक रोजगार नेपालीहरुको बाध्यता हो। स्वदेशमा जती भौतारिए पनि खोजे जस्तो काम पाउन मुस्किल छ। यहि बाध्यताका कारण परिवारको खुसीका लागि नेपाली युवावर्ग विदेसिन बाध्य छ। खाडी मुलुक होस वा अध्यनका लागि भन्दै युरोप र अमेरिकि मुलुक जहा भए पनि काम खोज्न जानु पर्ने अबस्था छ। अझ पछिल्लो समय त एसियाकै कतिपय देश नेपालका लागि आकर्षक रोजगारिको गन्तव्य बनिरहेका छन।
वैदेसिक रोजगारिमा जानेहरुको सख्या बढ्दै जादा देशभित्र गाउँ गाँउ खाली भइसके। गाउ घरमा कि त बृद्धबृद्धा कि महिला र बालबालिका देखिन्छन। पछिल्लो समय वैसिक रोजगारिमा जाने महिलाहरुको सख्या समेत दिन प्रतिदिन बढिरेहको छ। आधुनिक जीवनशैली र महंगो स्वास्थ्य, शिक्षा जस्ता कारणले नेपालमा इमानदार तरिकाले दैनिकी चलाउन साचिक्कै गाह्रो छ। त्यहि कारणले होला युवा वर्ग जुन सुकै सर्तमा पनि विदेशिन बाध्य छ।
आफन्त, परिवार, र समाजले पनि छोरा छोरी विदेशमा हुनुलाई सानमानसँग जोडेर हेर्ने गरेका छन। यस्तो प्रवृतिले १२ कक्षा पास भएका युवा युवतीहरुमा विदेश जानु पर्ने एक प्रकारको मानसिक दबाब परेको छ। समाजले नै वैदेसिक रोजगारि लाई सामाजिक र आर्थिक हैसियतसँग जोडेर हेर्ने गरेको छ। यो ज्यादै दुखद पक्ष हो। नेपालमा श्रमको सम्मान छैन। सामान्य काम गर्ने आफन्तलाई हेर्ने दृष्टिकोण ठिक छैन। अर्को तर्फ विदेशमा जस्तोसुकै काम गरे पनि अपमान गर्ने कोहि हुदैन।
श्रमको सबैले सम्मान गर्छन। नेपालीहरु विदेसिनुको एउटा प्रमुख कारण यो पनि हो। देशभित्र महँगी बढेर सास्ती खेप्नु परेको छ। सामान्य नागरिकको दैनिकि निकै कष्टकर छ। त्यस्तो वेला युववाहरुले वैदेशिक रोजगारीलाई नै उत्तम विकल्प देखिरहेका छन। वैदेशिक रोजगारीमा जाने अधिकांश युवाहरु २५ देखि ३५ वर्ष उमेर समूहका छन। तर पछिल्लो समय प्लस टु सक्ने वितिक्कै विदेश जान खोज्ने युवा युवतीको सख्या अधिक छ।
यस अर्थमा देशको उर्जावान जनशक्ति अरु देशको विकासमा खटिएको छ। नेतृत्वलाई यसमा कहिले पनि चासो राख्दैन। एकातीर देशमा औद्योगिक क्षेत्रमा लगानी गर्र्न प्रयाप्त पुजी छैन, नेतृत्वसँग युवा वर्गलाई रोजगारि दिने आधार समेत छैन। अर्को तर्फ भएको जनशक्ति विदेश पलायन भइरहेको छ। यस्तो अबस्थामा देश विकास गर्छु भनेर भन्नु नेतृत्वको कोरा कल्पना मात्र हो।
याहा सम्म कि आफ्ना नागरिकहरुले ज्यान जोखिममा राखेर अर्काको देशमा सस्तोमा श्रम बेचिरहेको मा हामी गर्व गरिरहेका छौ। परिवारको लालन पालन र शिक्षा दिक्षाका लागि अनेक हण्डर खाएर विदेसिनु अधिकांस नेपालीहरुको रहर नभएर बाध्यता हो। सीप नसिकी विदेशा जाँदाको पीडा वैदेसिक रोजगारिमा जानेहरुलाई मात्र थाहा छ। देश भित्र रोजगारि दिन नसक्ने नेतृत्वले वैदेसिक रोजगारिमा जानेहरुलाई सीप सिकाएर पठाउन समेत सक्दैन।
यति मात्र होइन वैदेसिक रोजगारिमा गएका कतिपयस नेपालीहरु बाकसमा फिर्ता हुने गरेका कहाली लाग्दा घटना हरेक दिन घटिरहेका छन। वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ मा मात्रै १ हजार २ सय ४२ जनाले विदेशमै ज्यान गुमाए। यस अर्थमा वैदेसिक रोजगारिमा जानेहरुमध्ये दैनिक तीन जनाको मृत्यु हुने गरेको छ।
पछिल्लो १३ वर्षमा ९ हजार ४ सय २४ जनाको विभिन्न देशमा अकालमै ज्यान गएको छ। हृदयघात, आत्महत्या, सडक दुर्घटना, बिरामी, कार्यस्थल दुर्घटना बाट मृत्यु हुनु सामान्य जस्तै बनि सकेको छ। नेपालमै उद्यम गर्ने सक्ने अबस्था भएको भए विदेशमा यसरी ज्यान गुमाउनु पर्ने अबस्था आउदैन थियो।
नेताहरुले देशको अर्थतन्त्रमा योगदान पु-याएकै कारण वैदेसिक रोजगारि र विदेशबाट आउने रेमिट्यान्सलाई ठिक हो भनेर भनिरहेका छन। नागरिक आर्थिक रूपमा सबल हुने पक्ष राम्रो पनि हो। तर ज्यु धनको रक्षा नहुने गरि अव्यवस्थित र असुरक्षित रूपमा आफ्ना युवा वर्गले विभिन्न देशमा भोगेको पीडालाई नजर अन्दाज गर्न मिल्देन। केहि कमाउला परिवार लाई खुसी दिउला भनेर विदेसिएकाहरु बाकसमा फर्केको कहाली लाग्दा घटना यत्र तत्र छन। यो विषयमा सम्बन्धित सबै पक्ष गम्भिर हुन जरुरी छ।
जुन सुकै देशमा पनि नागरिकलाई समस्या परे सरकारले सहयोग गर्न सक्नु पर्छ। नागरिकबाट कर मात्र उठाउने होइन। उनीहरुको अभिभावक पनि राज्य नै हो भन्ने अनुभती गराउन सक्नु पर्छ। आज विश्वभर नेपालीहरु ठगिएका छन,