News

पाँचथरमा भयानक बस दु’र्घटना : मृत्यु हुनेको संख्या ४पुग्यो

काठमाडौ । पाँचथरमा भएको बस दु’र्घटनामा मृ’त्यु हुनेको संख्या ४ पुगेको छ । पाँचथरको फिदिम नगरपालिका–४ शिवादोभानबाट झापाका लागि छुटेको बस दु’र्घटनामा परेको हो ।

फिदिम–४ स्थित मध्य पहाडी लोकमार्गको सगरखण्डेमा सोमबार बिहान ११ बजे भएको उक्त दुर्घटनामा अहिलेसम्म चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले बताए । को १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका–४ शान्तिपुरमा सडकबाट झरेर दुर्घ’टनामा परेको हो ।

मृ’त्यु हुनेमध्ये ३ जनाको सनाखत भएको छ । ज्यान गु’माउनेमा प्रमिला देवान, निश्चल देवान, प्रज्जवल मगर रहेका छन् । मृतक एक जनाको नाम खुल्न बाँकि रहेको छ ।

विश्वकर्माका अनुसार दुर्घटनामा अरू लगभग ६० जना घाइते बनेका छन् । गम्भिर घाईतेहरूलाई सुबिधा सम्पन्न अस्पताल लैजानको विराटनगरबाट हेलिकप्टर आउदै गरेको बताईएको छ । केहि घाईतेहरूको पाँचथर अस्पताल,पाथिभरा अस्पताल र सर्मपित अस्पतालमा उपचार भईरहेको छ ।

अर्को सवारीको साधनलाई उछिन्ने क्रममा सडकको डिलबाट बस अगाडि बढ्दा सडकबाट करिब २० मिटर तल झरेको हो । दुर्घटनामा बसमा सवार सबै यात्रुहरू घाइते भएका थिए । ४४ सिट क्षमताको उक्त बसमा ६५ यात्रु सवार रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये १५ भन्दा धेरैको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

सिकिस्त घाइतेलाई झापा र विराटनगरका अस्पतालमा रिफर गरिएको पाँचथर अस्पतालका प्रमुख डाक्टर बुद्धिबहादुर थापाले बताए । दसैँमा घर तथा आफन्तकहाँ पुगी फर्कँदै गरेको जिल्लाको कुम्मायक, तुम्बेवा र फाल्गुनन्द गाउँपालिकाका सर्वसाधारण दुर्घ’टनामा परेका हुन् ।

कुम्मायकको यासोक बजारलाई फिदिमसम्म जोड्ने निवुखोलास्थित पुलको भाग भत्केपछि यात्रुहरू ट्याक्सीबाट खोलासम्म आएर बस चढेका थिए । दुई किलोमिटर दूरी पार नहुँदा बस दुर्घ’टनामा परेको हो ।

Related Articles

Back to top button