Video

श्रीमानले कोरियावाट भिसा र टिकट पठाएको दिन श्रीमती अन्तै हिडिन्, श्रीमान एकाएक नेपाल आए (भिडियो हेर्नुस्)

काठमाडौ । विवाहेत्तर सम्बन्धका कारण अहिले समाजमा निकै ठूलो समस्या परेका घटना सार्वजनिक भएका छन् । सुर्खेतका तिलक बहादुर चौधरीको पनि त्यस्तै समस्या भयो । उनी कोरियामा थिए नेपाल आएर उनले केशरी चौधरीसंग विवाह गरे । घर परिवार राम्रो चलिरहेको थियो । तिलकले श्रीमती केशरीलाई पनि कोरियामै लैजान पाए झन राम्रो हुन्थ्यो भन्ने लाग्यो । उनले त्यही योजना बनाए । उनीहरुको मागी विवाह भएको थियो ।

उनले कोरीयामा राम्रै पैसा कमाउँथे । उनले कमाएको पैसा सबै श्रीमतीको नाममा पठाए । राम्रै चलेको थियो उनले श्रीमतीलाई पनि कोरिया लैजान सबै प्रोसेस मिलाए । भिसा लाग्यो, उनले टिकट पनि लिए । अनि श्रीमतीसंगै कोरिया आउन भनेर नेपाल फर्किए । श्रीमतीलाई कोरिया लिएर जाने भनेर नेपाल आएका तिलकले कल्पना पनि गर्न नसक्ने कुरा सहे । जब टिकट लिएर उनी कोरियावाट नेपाल आए कोरिया उड्ने बेलामा श्रीमती भने अन्तै हिडिन् ।

श्रीमान नेपाल आउने भन्ने थाहा पाएपछि कुवेत जानु एक साता अघि अन्तै हिडेपछि तिलक बिचल्लीमा परेका छन् । कमाएको पैसा पनि श्रीमतीलाई नै पठाउने गरेका तिलकको भिसाा लगाउँदा र टिकट किन्दा लगाएको लगानी पनि खेर गयो । विवाह गरेको २ वर्षमै उनको जिवन भताभुंग भयो । कोरियामा संगै काम गरौंला राम्रो जिवन विताउँला भन्ने सपना एकै पटकमा उड्यो । झण्डै १० वर्ष कोरियामा काम गरेर कमाएको सबै पैसा पनि छिन्न भिन्न भयो । श्रीमतीलाई कोरिया लैजाने सपना पनि चकनाचुर भयो ।

Related Articles

Back to top button